रमेशराजसँगै नाँच्यो चेपाङ समुदाय

मंसिर, काठमाडौं ।

चितवनको सिद्धीमा रहेको चेपाङ समुदायले शनिबार भरपुर मनोरञ्जन लियो । चर्चित गायक तथा संगीतकार रमेशराज भट्टराई र नेत्रजी पन्तको प्रस्तुतीमा चेपाङ वस्तीका बृद्ध तथा युवाहरुले खुबै मनोरञ्जन लिएको देखिन्थ्यो । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले आयोजना गरेको साँस्कृति कार्यक्रममा प्रकृतिको संरक्षण गर्दै सिद्धीको विकासमा एक कदम भन्ने परियोजना अन्र्तगत तेश्रो पुरस्कार वितरण समारोहमा भट्टराई र पन्तले उपस्थिती कालिका नगरपालिका १० र ११ का चेपाङ तथा अन्य समुदायलाई संगीतमा झुमाएका हुन् ।

युवाहरुका माझ गायक भट्टराईले सिद्धी तीन दोभान स्थित मझवाङ मावि परिसरमा आधा दर्जन गीत प्रस्तुत गरे । उनले निकै चर्चा कमाएको ‘ववाल भो’ बोलको गीतबाट प्रस्तुती सुरु गरेका थिए । त्यसपछि मेरी ‘नथियावाली, फिदा भाको छु, टेन्सन भयो यार, वेहुला वनाउँछु भन्थी वहुला वनाएर गई’ वोलका गीत प्रस्तुत गरिरहँदा चेपाङ समुदायका युवायुवतीहरुले नाचेर उनलाई साथ दिए । आधुनिक गीतमा झुमेका सिद्धीवासीहरु लोकदोहारीमा पनि झुम्न भ्याए ।

पुराना गायक नेत्रजी पन्त पनि के कम उनले पनि सिद्धीवासीहरुलाई गीतमा उफारे । सुरुमा सेन्टीमेन्टल गीत प्रस्तुत गरे उनले पनि आधा दर्जन गीत पीडादायी,मर्मस्पर्शी गीत गाए । चेपाङहरुले भोग्नु परेको समस्या, खान नपाएको समस्या गायक पन्तले मन छुने गरि गीत मार्फत प्रस्तुत गरे । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।