डबिङमा सलिनको ‘यात्रा : अ म्युजिकल भ्लग’

मंसिर, काठमाडौं ।

नायक सलिनमान बनियाले अहिलेसम्म एक चलचित्रमा मात्र काम गरेका छन् तर उनका युवा दर्शक फ्यान अत्यधिक छन् । डेब्यु चलचित्र ‘ए मेरो हजुर २’बाटै निकै राम्रो हाइप बनाएका सलिनमानको दोस्रो चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ आउँदैछ । यो चलचित्रको अहिले सुटिङको काम सकिएर डबिङको काम भइरहेको छ । दोस्रो फिल्म मार्फत आफ्नो स्टारडम झनै बढाउने गरि काम गरिरहेका सलिनको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ ।

चलचित्रका निर्देशक सम्रता शाक्यले पनि नायक सलिनको तारिफ गर्छन् । उनले सलिन निकै मेहनती कलाकार भएको बताए । ‘सलिन निकै मेहेनती छन् , उनले आफुलाई बेस्ट देखाउन मेहनत गरेका छन्’ निर्देशक शाक्यले भने । उनले सलिनका फ्यानले सलिनलाई जुन रुपमा हेर्न चाहान्छन् त्यसैअनुरुप चलचित्रमा प्रस्तुत गरिएको बताए । ‘हामीले फिल्ममा जर्नीको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिस गरेका छौ’, शाक्यले भने । नायक सलिनले पनि डबिङमा पनि उत्तिकै मेहनत गरेको बताउँछन् । ‘रमाइलो भईरहेको छ, दोस्रो फिल्ममा आइपुग्दा आफुलाई झनै परिपक्क बनाउदैछु ।’, सलिनले भने ।

यो चलचित्रमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

चलचित्रमा मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सम्राट शाक्यको कथा तथा निर्देशन रहने चलचित्र कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको छ । केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन रहेको छ । चलचित्र आउँदो चैत २९ बाट प्रदर्शनमा आउँदैछ ।