आउँने क्रिसमसमा गायिका साहिमा श्रेष्ठले दर्शक नँचाउने

मंसिर, काठमाडौं ।

गायिका साहिमा श्रेष्ठले आउँदो क्रिसमस डेको अवसरमा दर्शक नँचाउने भएकी छिन् । आगामी पुस १० काठमाडौ बिजनेश पार्क टेकु अवस्थित मसला कटेज एण्ड लन्चबारमा आयोजना हुन लागेको ‘क्रिसमस विथ कलाकार’ कार्यक्रममा उनले आफ्ना चर्चित गीत संगीत प्रस्तुत गर्ने भएकी हुन् । मसला कटेजकै आयोजना रहेको कार्यक्रममा गायिका श्रेष्ठले ‘तिम्रो डोला डोला हातमा, तिम्रो पिक्चर हिट, हेरेको हेरै, माथी माथी’ लगायत करिब दर्जन बढी फिल्म तथा एल्बमका गीत प्रस्तुत गर्नेछिन् । कार्यक्रममा साहिमाको गुन्जन श्रेष्ठ, उत्तम श्रेष्ठ लगायत गायक गायिकाको समेत प्रस्तुति रहनेछ ।

क्रिसमस डे चर्चित गायक गायिकाको लाइभ गीत संगीतसँगै मनाउने अवसर प्रदान गर्न ‘क्रिसमस विथ कलाकार’ कार्यक्रम आयोजना गर्न लागिएको मसला कटेजका प्रवन्ध निर्देशक मिलेस रायले जानकारी दिए ।

‘गीत संगीतको मज्जासंगै कार्यक्रममा दर्शकले कलाकारसँग पनि साक्षात्कार पाउने छन्’ रायले भने ‘दर्शक र कलाकार नजिक गराउने कार्यक्रमको मुख्य उदेश्य हो ।’ कार्यक्रममा दर्शकले फर्माइस गरेर समेत कलाकारलाई गाउँन लगाउन सक्ने उनले खुलाए ।

यस्तै कटेजले अग्रेजी नयाँ बर्षको अवसर पारेर डिसेम्बर ३१ मा पनि एक भब्य सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । ‘न्य इयर इभ’ नाम राखिएको कार्यक्रममा चर्चित गायक उदय श्रेष्ठले बिभिन्न गीतसंगति प्रस्तुत गर्नेछन् । गायक श्रेष्ठको अलवा दमिोलि फाइव ब्यण्डको समेत प्रस्तुति रहेन कार्यक्रममा दर्शकले डान्स सँगै बिभिन्न खानाको पनि अनुभव लिनुसक्ने आयोजकले जनाएको छ ।