चर्चित गीतकार बुद्धवीर ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

मंसिर, काठमाडौं ।

चर्चित गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दिर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा ृनलाई सो सम्मान प्रदान गर्न लागिएको हो । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ (पुस ७ गते)मा आयोजना गर्न लागेको कार्यक्रममा लामालाई गीत संगीत तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’सम्मान दिइन लागिएको हो । कार्यक्रममा फिल्म तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भने पुराना निर्देशक बन्नी प्रधानलाई प्रदान गरिनेछ । बन्नीले तिलहरी, देउकी लगायतका चलचित्र निर्देशन गरेका छन् । प्रधानलाई चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र लामालालाई गीत संगीतमा पुर्याएको योगदानको कदर गर्दै सम्मान दिन लागिएको हो ।

अमेरिकामा रहेका अधिकाम्स कलाकार तथा प्राबिधिकको सहभागीता रहने कार्यक्रममा नायक, नायिका, गीतकार, पत्रकार लगायत २५ जना सम्मानित हुने आयोजक संस्था लभ एण्ड सपोट फाउण्डेसनका अध्यक्ष मनोज राइले जानकारी दिए ।कार्यक्रमका लागि नेपालबाट कलाकार निर्देशक दिनेस डिसी र गीतकार लामा सहभागी हुँदैछन् । करिब ५ हजार बढी दर्शकको उपस्थिती रहने बताइएको कार्यक्रममा आफुलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान दिन लागेकोमा निकै खुसी लागेको गीतकार लामाले बताए । सम्मान आफ्ना लागि मात्र नभएर सम्पुर्ण गीत संगीत क्षेत्रकै लागि भएको उनको भनाई रहेको छ ।

नेपाली संगीतिक क्षेत्रमा लामाले करिब ५ बढी गीत दिएका छन् । भुपु मायालु, छो रौल्पा ताल,  समयले कोल्टे फेर्दा लगायत ३ समय भन्दा बढी हिट मानिन्छ । ३ गीति पुस्तक समेत सार्वजनिक गरेका लामाले केही समय पहिले राजधानीको राष्ट्रिय नाचघरमा आठौ एकल साँझ सम्पन्न गरेका थिए ।