रमेशराजले भन्दै छन् ‘मत सोझो मान्छे साथीभाईले नै पिउने बनाए’ (भिडियो सहित)

...

ramesh raj bhattaraiकात्तिक १३, काठमाडौं ।  गायक तथा संगितकार रमेशराज भट्टराईको ‘बबाल भो २’ एल्बममा समावेश ‘जब साँझ पर्छ’ बोलको गित सार्वजनिक भएको छ । युवा पुस्तालाई लक्षित गर्दै बनाईएको गितले छोटो समयमै राम्रो चर्चा बटुल्दै गएको छ ।

जब साँझ पर्छ अनि साथीभाईको ग्याङ हुन्छ, आधारात सम्म पियो बिहान उठ्दा ह्याङ हुन्छ जस्ता शब्द समावेश गरीएको उक्त गितको भिडियो पनि निकै रोचक र उत्कृष्ट बनेको देखिन्छ । रक्सीमा लत बसालेका युवाहरुलाई लक्षित गरी बनाईएको गितले रक्सीमा नफस्नका लागि सन्देश पनि दिएको छ ।

भिडियोमा अभिनय नायिका रिमा विश्वकर्मा, नायक अयुब केसीका, सुजन रेग्मी, सुमित ढकाल र रिना थापाको रहेको छ । भिडियोलाई विदुर खतिवडाले निर्देशन गरेका हुन भने सुदिप बरालले खिचेका हुन् । त्यस्तै टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

गायक रमेश राज भट्टराईको बबाल भो गितको सफलता पछि बबाल भो २ मार्फत यस गित बजारमा ल्याएका हुन् । गायक भट्टराईले ल्याएका धेरै गित दर्शक तथा स्रोताले राम्रै मन पराएको पाईन्छ ।
video: