हल हलमा ‘सुश्री सम्पत्ति’ सँगै ‘डोली’ र ‘कथा ७२’को भिडन्त

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

फ्राइडे रिलिजअन्तर्गत आजबाट ३ वटा चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘सुश्री सम्पत्ति’ ,‘डोली’ र ‘कथा ७२’ आजबाट नेपालका बिभिन्न हलहरुमा प्रदर्शन भइरहेका छन् । चलचित्र ‘सुश्री सम्पत्ति’ सुव्रत आचार्यले निर्देशन गरेका हुन्। चलचित्रमा सुश्री र सम्पत्तिको पछाडि दौडिँदा दुई युवाको जीवनमा आउने उचारचढावको कथालाई उठान गरिएको छ ।

‘ सुश्री सम्पत्ति’ सुव्रत आचार्यको यो दोश्रो चलचित्र निर्देशन हो। यस अघि उनले नेपाली चलचित्र 'अधकट्टि' निर्देशन गरेका थिए । 'अधकट्टि' अपेक्षा गरेजस्तो चल्न सकेको थिएन । तर चलचित्र ‘सुश्री सम्पत्ति’लाई भने दर्शकले माया गर्नेमा आफू ढुक्क रहेको निर्देशक आचार्यले बताएका छन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्।अभिमन्यू ,निरवी, र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्रलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्र २ घन्टा लामो रहेको छ ।

त्यसतै आजबाट प्रर्दशनमा आएको चलचित्र ‘डोली’ सामाजिक प्रेम कथामा आधरित रहेर निर्माण भएको बताइएको छ । चलचित्र ‘डोली’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । पिजी सर्टिफिकेट पाएसँगै चलचित्र डोली हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ जानु पर्नेछ । यस चलचित्रको निर्देशन राजबहादुर सानेले गरेका छन् । यस अघि उनले  चलचित्र बृन्दावन निर्देशन गरेका थिए ।  रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको चलचित्रको स्क्रिप्ट चलचित्रका निर्देशक राजबहादुर स्वयमले लेखेका हुन् । चलचित्र ‘डोली’मा बबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।  चलचित्रको गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका छन । किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित, अर्जुन गुरुङ, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्रीलगायतको अभिनय रहेको चलचित्रमा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

यि दुई चलचित्र पछि आज प्रर्दशनमा आएको अर्को चलचित्र हो  ‘कथा ७२’ । २०७२ को भूकम्पको कथामा निर्माण गरिएको यो चलचित्र प्रवीण स्याङ्बोको निर्देशनमा बनेको छ ।  चलचित्रमा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामांङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय रहेको छ । उक्त चलचित्रको कथा छोरा र आमाबीचको मनोवैज्ञानिक मनमुटावमा आधारित छ । चलचित्रले एउटा यात्राको कथा बोकेको छ ।