दुई पोष्टरमा ‘जीवन काडा कि फूल’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित चलचित्र अगामी चैत २२ देखि प्रदर्शन हुने भएको छ । बिहीबार राजधानीमा आयोजीत कार्यक्रममा चलचित्रको प्रदर्शन मिति तथा दुई पोष्टर सार्वजनिक गरियो ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक बिनोद बिष्ट, चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतम, सङ्गीतकार राजु सिह, नायक धिरन शाक्य, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, नेपाल पत्रकार संघ काठमाडौंका अध्यक्ष शान्तिराम बिडारी, चलचित्रकी कलाकार सारिका घिमिरे, कलाकार किशन सुनवार,  छयाँकार शिव ढकाल, नृत्य निर्देशक कमल राईको उपस्थिती रहेको थियो ।

चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् अब त्यो पर्दामा देखिने भएको छ भन्दै अतिथिहरुले चलचित्र सफलताको शुभकामना दिएका थिए । घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायांकन गरिएको चलचित्रको निर्माता विनोद विष्ट भारतको सिलगुडीका रहेका छन् । २०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काडा कि फूल’मा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था प्रधान रहेकी छिन् । अन्य कलाकारहरुमा रोजिता बुद्धचार्य, स्वीकृति शर्मा, टीका सुवेदी, सारीका घिमिरे, किशन, सुनार उमा बेबीलगायत रहेका छन् ।