‘नातिकाजी स्मृति समाज’द्दारा राष्ट्रकवि माधवप्रसाद घिमिरे अभिनन्दित

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

‘नातिकाजी स्मृति समाज’ले नातिकाजीको ९३ औं जन्म जयन्तीको अबसर पारेर राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ । शनिबार उनकै निवास प्राङ्गणमा ५० हजार रुपैयाँ नगद सहित दोसल्ला ओढाएर  राष्ट्रकवि घिमिरेलाई समाजका तर्फबाट नातिकाजी स्मृति अभिनन्दनबाट अभिनन्दित गरिएको हो ।

नातिकाजी र राष्ट्रकविको सांगीतिक यात्राले नेपाली संगीत क्षेत्रले उत्कृष्ट सृजना पाएकाले राष्ट्रकविलाई अभिनन्दन गरिएको कार्यक्रममा जानकारी गराईयो । कार्यक्रममा २०७४ सालको ‘नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मानबाट अग्रज लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीलाई सम्मानित गरियो । यस्तै नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मानबाट गायन तर्फ अग्रज गायक एबम् हास्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई र अग्रज गायक रामप्रसाद (प्रसाद) श्रेष्ठलाई सम्मान गरियो । यही सम्मान गीतकार तर्फ बरिष्ट चिकित्सक गीतकार द्धय डा. भोला रिजाल र डा. अरुण सायमीलाई सम्मानित गरियो । यस्तै नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मान–२०७४ बाट संगीत तर्फ स्व. रमेश ताम्राकारलाई र  पत्रकारिता तर्फ बरिष्ट पत्रकार एवम् कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई सम्मानित गरियो ।

यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७४’ बाट गीतकार तर्फ अग्रज गीतकार सुवासचन्द्र ढुँगेललाई, गायत तथा संगीत तर्फ गायिका एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओली र चर्चित गायक राजेशपायल राईलाई पुरस्कृत गरियो । उनीहरुलाई जनही २० हजार एक रुपैयाँ र ताम्रपत्रबाट सम्मानित गरिएको थियो । यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार–२०७४’बाट संगीत तर्फ नेपाल संगीतकार संघका अध्यक्ष एवम् संगीतकार लक्ष्मण शेष (बिडारी)लाई, गायक तर्फको अवार्ड युवा गायक प्रमोद खरेललाई र गायिका तर्फको अवार्ड मीना निरौला पोखरेललाई प्रदान गरियो । यी तीन जना श्रष्टालाई जनही ११ हजार १ सय ११ रुपैयाँ सहित ताम्रपत्रबाट पुरस्कृत गरिएको थियो ।

राष्ट्रकवि घिमिरेले नातिकाजी जस्ता अजर श्रष्टाको सम्झनामा स्थापित नातिकाजी स्मृति समाजबाट अभिनन्ति हुँदा निकै खुसी लागेको बताए । नातिकाजीसँग बिगतमा बिताएका क्षणहरुको स्मरण गर्दै आफ्ना गीतहरुमा निकै कर्णप्रिय संगीत भरेर ती गीतलाई नातिकाजीले नै उत्कृष्ट बनाएको बताए ।

गायिका एवम् सांसद कोमल ओलीले पनि नेपाली संगीतमा नातिकाजी र राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गरिन् । महाविधालय स्थपना गर्न आफुहरुले निरन्तर पहल गरिरहेको उनले बताईन् । पुरस्कार समारोहमा नातिकाजीको स्मृतिमा उनीद्धारा संगीतबद्ध केही गीतहरु गायक राजेश पायल राई र गायिका मिना निरौला पोखरेलले गाएर सुनाए ।