शसी घिमीरे- लक्ष्मी अर्यालको पहिलो एल्बम ‘शुभारम्भ’ बिमोचित

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायक तथा संगीतकार शसी घिमीरे र गीतकार लक्ष्मी अर्यालको पहिलो एल्बम ‘शुभारम्भ’ बिमोचन गरिएको छ ।  शनिबार बरिष्ठ लोक गायक कुमार बस्नेत, सूर्य थुलुङ, बरिष्ठ गीतकार डा. कृष्णहरि बराल, गायक–संगीतकार नरहरि प्रेमी लगायतलेसंयुक्त रुपमा एल्बमको बिमोचन गरे ।

हिमालयन पिक्चर्सको आयोजनामा सम्पन्न कार्यक्रममा गायक शसीले लामो समयको अभ्यासपछि अहिले आएर आफ्ना गीतलाई एल्बम आकारमा परिणत गर्न पाएकोमा खुशी ब्यक्त गरे । त्यसैगरी, रचनाकार लक्ष्मीले आफूले बच्चैदेखि गीत रचना गर्ने गरेको भए पनि एल्बमका रुपमा भने शुभारम्भबाट नै आरम्भ गरेको बताइन् । शुभारम्भका सबै गीत उत्तिकै सुमधुर रहेको गीतकार डा. बरालले समीक्षा गरे । उनले लक्ष्मीको रचना र शसीको गायनमा निकै तालमेल मिलेको समेत बताए । गायक कुमार बस्नेतले नेपाली सांगीतिक फांटमा शसी र लक्ष्मीको शुभारम्भलाई शुभकामना ब्यक्त गरे । गायक नरहरिले शुभारम्भमा समाबेश प्रत्येक गीतको भावार्थ प्रस्तुत गर्दै लक्ष्मीको रचनाशिल्पी र शसीको गायन कलाको तारिफ गरेका थिए ।

कार्यक्रममा एल्बममा समाबेश ‘सपनीमा डुल्छ्यौ तिमी’ बोलको गीतको भिडियो प्रदर्शन गरिएको थियो । नारायण ओलीको संगीत रहेको सो गीतको भिडियोमा महाबिर बिस्वकर्मा, आस्मा घिमिरे र कृष्णराज तिमल्सिनाले अभिनय गरेका छन् । भोलादीप तिमिल्सिनाले निर्देशन गरेको सो भिडियो रोहित बिक्रम कार्कीले खिचेका हुन् । कार्यक्रममा गायक सशीले आफ्नो गायन यात्रा अब अनवरत अघि बढ्ने बताए ।