खुमन र देवी उत्कृष्ट लोकदोहोरी गायक–गायिका

पुस, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा सम्पन्न ‘पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड’मा यस वर्षको उत्कृष्ट लोक दोहोरी गायक खुमन अधिकारी र उत्कृष्ट लोक दोहोरी गायिका देबि घर्ति भएकी छन् । खुमनले ‘नभनन नाईं नाईं’ बोलको गीतबाट अवार्ड चुमे भने देबिले खोलीको किनारा गीतबाट अवार्ड चुमेकी हुन् । यस्तै बर्षको लोक दोहोरी नायक (मोडल)मा प्रेम थापा र लोक दोहोरी नायिका (मोडल)बाट सारिका केसीले अवार्ड हात पारे । यस्तै लोक दोहोरी नायक र नायिका (नृत्य)तर्फ भने मोडल शंकर बिसी र करिश्मा ढकालले अवार्ड जिते । यस्तै बर्षको उत्कृष्ट दोहोरी साँझ गायकबाट मदन परियार र दोहोरी साँझ गायिकाबाट रञ्जिता थापाले अवार्ड पाउन सफल भए ।

उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सो अवार्ड कार्यक्रममा अमर बिरही गुरुङ्ग, प्रजापती पराजुली, नारायण रायमाझी, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, रमेशबाबु श्रेष्ठ, राजन लम्साल, पृथ्वी थाकाली, कुमार बस्नेत, जीवन शर्मा, ऋषि अधिकारी, बिमा कुमारी दुरा, सीता थापा, लक्ष्मि न्यौपाने, राजन कुमार हुमागाई, एसपी सापकोटा, बिराज थापा, शशी शर्मा मजगैया लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो।

अवार्ड समारोहमा अन्य सम्मान गरि जम्मा ३४ बिधामा अवार्ड प्रदान गरिएको थियो । जसमा दशकका श्रृष्टा सम्मानबाट इन्द्र जिसी, लोक पत्रकारीता सम्मानबाट नरहरी न्यौपाने, म्युजीक भिडियो मेकअप सम्मानबाट आङदोर्जे थेर्पा र म्युजीक भिडियो कोरिस सम्मानबाट देवराज सापकोटा सम्मानीत भएका थिए ।