‘बागी ३’ मा टाइगर र साराको रोमान्स

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) ।</span> </pre><p style="text-align: justify; ">चलचित्र ‘केदारनाथ’ बाट उच्च चर्चामा रहेकी बलिउडकी नव अभिनेत्री सारा अली खानले एक पछि अर्को गर्दै चलचित्रमा काम गर्ने अवसरहरु पाइरहेकी छिन् । उनलाई बिभिन्न ठाँउबाट अफर आईरहेका छन् । चलचित्र ‘केदारनाथ’ बाट नायिकाको रुपमा डेब्यू गरेकी सारा अली खानको दोस्रो प्रतिलक्षित चलचित्र&nbsp; ‘सिम्बा’ प्रदर्शको तयारीमा रहेको छ। डिसेम्बर २८ मा&nbsp; प्रर्दशनमा आउने&nbsp; ‘सिम्बा’मा उनी रणवीर सिंहको अपोजिट रोलमा देखिनेछिन् ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;बताइएअनुसार सारा अली खान हाल चलचित्रका कारण निकै ब्यस्त रहेकी छिन् । उनी चलचित्र ‘बागी’को तेस्रो सिरीजमा टाइगर श्राफको जोडीको रुपमा आउन सक्ने बताइएको छ । समाचारका अनुसार ‘बागी ३’ मा टाइगर र साराको रोमान्स देख्न सकिने बताइएको छ । यसअघि ‘बागी’मा&nbsp; श्रद्धा कपूर टाइगरको जोडीको रुपमा थिइन् भने&nbsp; ‘बागी २’ मा टाइगरको जोडीको रुपमा उनकी प्रेमिका दिशा पाटनी रहेकी थिइन् । साजिद नाडियाडवालाको निर्माणमा बन्ने फिल्म ‘बागी’ ३ सन् २०१९ मा प्रर्दशनमा आउने छ ।&nbsp;</p>