आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

अभिनेता दयाहाङ राईका पछिल्लो केहि चलचित्रले राम्रो आम्दानी गर्न सकेका छैनन् । तर पनि उनी महिनैपिच्छे हलमा आइरहेका हुन्छन् । उनका अझैपनि ६ वटा चलचित्र प्रदर्शन हुन बाँकी छन् । केहिबर्ष अघिसम्म दयाहाङलाई चलचित्रमा काम गराउन निर्माता तथा निर्देशकहरु लाइकमा हुन्थे तर अहिले त्यो समय छैन । छोटो समयमै दयाहाङ चलचित्र करिअर ओरालो लाग्दा अब उनको करिअर कता पुग्ला भन्ने प्रश्न ठडिएको छ ।

उनीलाई केहि महिना अघिसम्म मात्र एकपछि अर्को गर्दै महिनैपिच्छे चलचत्रि प्रदर्शनमा आउँदा सञ्चारकर्मिहरुले छानेर गर्ने दिन कहिले आउँछ भन्ने प्रश् न गर्थे । उनले चलचित्रको काम लगातार हुनु ठुलो कुरा नभएको तर चलचित्र प्रदर्शन एकैसमयमा आउँदा आफूले धेरै चलचित्रमा काम गरेको जस्तो भएको उत्तर दिएका थिए ।

दयाहाङ चलचित्रसँगै नाटकमा पनि उत्तिकै ब्यस्त छन् । उनले नाटक पनि निर्देशन गर्दै आएका छन् । नाटक निर्देशनमा पोक्त मानिएका दयाहाङले चलचित्र निर्देशन कहिले गर्लान् भन्ने बिषय चलचित्रक्षेत्रमा चल्दै आएको बिषय पनि हो । अब चलचित्रको करिअर ओरालो लाग्दै गर्दा के निर्देशनमा हात लाग्छन् होला त ? यो प्रश्न चलचित्रकर्मिहरुमाझ पनि उठिरहेको हुन्छ ।

मंगलबार राजधानीमा आयोजीत उनी अभिनित ‘दयारानी’ चलचित्रको पत्रकार सम्मेलनमा धेरैको जिज्ञासा भेटाइदिए । उनले आफूले चलचित्र निर्देशन त गर्ने तर कहिले गर्ने भन्ने कुरा टुंगो नभइसकेको कार्यक्रम मार्फत जानकारी दिए । ‘मलाई बेलाबेलामा निर्देशन गरम कि भन्ने मनमा भइरहन्छ, निर्देशन त गर्छु तर कहिले गर्छु मलाई नै थाहा छैन’ उनले भने । यस्तै उनले आफूलाई पहिलादेखी नै कलाकारभन्दा निर्देशक भन्ने सोच रहेको बताए । ‘मैले निर्देशन गर्न सक्ने कथा भेटेँ भने पक्कै गर्छु ।’ उनले थपे ।

दयाहाङका ‘जात्रै जात्रा’, ‘साइँली’, ’आप्पा’, ‘दयारानी’, ‘निरफूल’ प्रदर्शनमा आउन बाँकी चलचित्र हुन् । यस्तै उनले नयाँ चार चलचित्रमा कामगर्ने सम्झौता पनि गरिसकेका छन् । उनको पछिल्लो चलचित्र ‘भैरे’ हो । योबर्ष उनको ’साइँली’ र ‘जात्रै जात्रा’ प्रदर्शन हुँदैछ ।

समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।