‘न यता न उता’को ट्रेलरमा हेर्नुहोस राजारामको चार रुप (भिडियो)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

मनोरञ्जनात्मक चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनरामा निर्माण गरिएको चलचित्रको ट्रेलरमा बरिष्ठ हास्यकलाकार राजाराम पौडेलको भरपुर कमेडी देख्न सकिन्छ । राजाराम  मजदुर, ज्योतिष, डन, र युवतीको एकसाथ चार चरित्रमा प्रस्तुत भएका छन् । यी चार भूमिकामा रहेका राजाराम पौडेलको अभिनय निकै रुचाइने देखिएको छ ।

माघ २५ गते प्रदर्शनमा आउने चलचित्रलाई मिराज रोश र विशारद बस्नेतको संयूक्त निर्देशन गरेका हुन् । चलचित्रमा राजारामसँगै छुल्ठिमम गुरुङ्ग, ऋचा शर्मा, समिर दिक्षित, मिराज रोश, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, नम्रता सापकोटालगायतको अभिनय रहेको छ। चलचित्र निर्मातामा ओम गुरुङ र रिना लामा रहेका छन् ।

यस्तो प्रकारको चलचित्र नेपालमै पहिलो पटक बनेको निर्माण टिमको भनाई छ । चलचित्रमा दुई अर्धवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मध्येका एक विशारदले बताएका छन् ।  सबै उमेरका दर्शककालागी चलचित्र फिट रहेको निर्माण टिमको दाबी छ । चलचित्रले आफ्नो प्रचार-प्रसार भाइबरमार्फत् सुरु गरेकाले भाइबरले उक्त चलचित्रको स्टिकर प्याक प्रस्तुत गरेको छ । अब भाइबरको स्टिकर बजारमा यस चलचित्रको स्टिकर सजिलै पाउन सकिने निर्देशक मिराजले जानकारी दिएका छन् ।

trailer: