<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) ।</span> </pre><p style="text-align: justify; ">बलिउडका चर्चित अभिनेता आमिरको पछिल्लो समयमा प्रर्दशनमा आएको चलचित्र 'ठग्स अफ हिन्दूस्तान'को असफलतापछि चलचित्र छाडेर वेब सिरिज बनाउने निष्कर्षमा पुगेका छन्। वेब सिरिज ‘महाभारत’मा आमिरले भगवान कृष्णको रोल निभाउने पनि खुलासा गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आमिरको ७ एपिसोड वेव सिरिज ‘महाभारत’मा बादशाह शाहरुख खानले पनि देखाएका छन्। उक्त सिरिज निर्माण गर्न आमिरले कैयौं चलचित्रको अफर अस्वीकार गरेका छन्। </p><p style="text-align: justify; ">१ हजार करोडमा निर्माण हुने बताइएको सिरिजबारे भर्खरै शाहरुखले आफ्नो एक अन्तर्वार्तामा महाभारत र आमिरको रोलबारे जानकारी दिएका छन्। आमिरसँग भर्खरैको वार्तापछि शाहरुखले उनको सिरिज महाभारतबारे मिडियामा जानकारी दिएका हुन्। सिरिज सम्बन्धी यती चासो देखाउनुमा शाहरुखलाई पनि उक्त सिरिजमा काम गर्ने इच्छा भएको बिश्वास गर्न सकिन्छ । हाल शाहरुखको चलचित्र 'जिरो’ शुक्रवारबाट सिनेमा घरमा रिलिज भएको छ । भारतीय मिडियाका अनुसार, उक्त चलचित्र फर्स्ट डे कलेक्सनको मामलामा ७ औं नम्बरमा आउँछ । स्क्रिन सर्वाधिक मिले पनि पहिलो दिन चलचित्रले राम्रो परफर्म गर्न चुकेको कारणले शाहरुख पनि सिरिज तिर तम्सिएका हुन कि ? प्रश्न गर्न जाहेछ छ । </p>







८ पुष २०७५, आईतवार ०५:३४ 











