आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चैत १ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘लभ स्टेशन’को प्रर्दशन मिति स्थगित भएको छ । चैत १ गतेबाट प्रदर्शनमा आउने चलचित्रले चैत ६ र चैत ७ गते पर्ने फागु पुर्णिमाको सार्वजनिक बिदालाई आफ्नो कब्जामा लिएको थियो । तर यो मौका क्यूएफएक्सका मालिका नकिम उद्दिनले निर्माण गरेको चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ पाउने भएको छ । ‘द म्यान फ्रम काठमाडौं’ उक्त मितिमा प्रदर्शनशनमा आउने भएपछि ‘लभ स्टेशन’ पछि पर्न बाध्य भएको बताइएको छ । गएको बुधबार बिहान निर्माता गोविन्द शाहीले चलचित्रको प्रर्दशन मिति चैत १ गतेलाई लक गरेका थिए ।

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सको चलचित्र प्रर्दशन हुने भएपछि निर्माता शाहीआफु पछाडि हट्न बाध्य भएका हुन् । यसकारण चलचित्रको प्रर्दशन मिति रोकिएको बताईएको छ । तर चलचित्र रोकिएकोले जानकारी दिदाँ नकारात्मक सन्देश प्रवाह हुने अनुमान गरेर निर्माता आफु मौन बस्नै जाती ठानेर चलचित्रबारे खासै बोलेका छैनन् । मौन छन् । उनी भन्छन्, ‘केही दिन प्रतिक्षा गर्नुस् । हामी चाडै नै मिति घोषणा गर्नेछौँ ।’

‘लभ स्टेशन’ मा प्रदीप र जसितासँगै प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, रमेश बुढाथोकीलगायतको पनि अभिनय रहेको छ । निर्देशक उज्जवल घिमिरेको एक्सन रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन रहेको छ भने शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । स्रोतका अनुसार चलचित्र चैत ८ मा आउने सम्भावना रहेको छ ।