आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चितवनस्थित हाकिमचोकमा रहेको मालिका मन्दिरमा चलचित्र ‘कोपिला’को शुभसाइत गरिएको छ । शिवम् अधिकारी निर्देशित उक्त चलचित्रको कार्यक्रममा चलचित्रका मुख्य कलाकार सरिता गिरी, गणेश गिरी र सन्जिविनी खरेलले मुहुर्त सर्ट दिए। शिवम्ले चलचित्रले समाजमा घट्ने कथालाई उठान गर्ने चलचित्रलाई करुणकर घिमिरे र पत्रकार मणिराज गौतमले निर्माण गर्दैछन् । करुणकर घिमिरे चितवनका यूवा व्यवसायी हुन् । चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले र सह–निर्माताको रुपमा समिर मिया, रामेश्वर मेनुका ढुंगाना रहेका छन् ।

त्यसतै चलचित्रका प्रस्तुतकर्ता गणेशले यसअघि निर्माण गरिएको ‘पञ्चायत’ जस्तै सामाजिक कथामा चलचित्र बन्ने बताएका छन् । चितवनमा खिचिने चलचित्र ८० लाख लगानीमा चलचित्र निर्माण हुने निर्माणपक्षले जानकारी दिएका छन् ।

चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जिवनी खरेल, ऋद्दिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मित घिमिरे, अस्मिता जुरेली लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रमा समिर मियाको सम्पादन, दिपक शर्माको संगीत छ ।