शाहरूख खानको असफल ‘जिरो, लगानी उठाउन समेत धौ धौ

मुम्बई (एजेन्सी) ।

केहि समयदेखि बलिउडका सुपरस्टार अभिनित चलचित्र एकपछि अर्को गर्दै असफल हँदै गएका छन् । हालै रिलिज भएको बादशाह शाहरूख खान अभिनित अर्को चलचित्र ‘जिरो’को व्यापार बिस्तारै खस्कँदै गएको छ । यति सम्म कि चलचित्रले लगानी उठाउन नसक्ने अवस्था देखिएको छ । १८० करोडको बजेटमा निर्माण भएको यस चलचित्रले आफ्नो लगानी उठाउन भारतमा ३ सय करोडभन्दा माथिको व्यापार गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्मको व्यापार हेर्दा 'जिरो'ले १५० करोडको समेत व्यापार नगर्ने स्थिति देखिएको छ ।

तिहारको मौका पारेर रिलिज गरिएको आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ पूर्ण रूपमा असफल भयो । त्यसको चार महिनाअघि बकर इदमा रिलिज भएको सलमान खानको चलचित्र ‘रेस–३’ पनि बक्स अफिसमा हिट हुन सकेन । बलिउडका बक्स अफिस हस्ती मानिएका तीनवटै खान सफल चलचित्र दिन असफल हुँदै गइरहेका छन् ।

शाहरूखको चलचित्र क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रबार विश्वव्यापी रिलिज भयो । यो चलचित्रले पहिलो दिन ३० देखि ४० करोडसम्मको व्यापार गर्ने आशा निर्माण पक्षको थियो । तर, त्यो आशालाई सिनेमाले पूरा गरेन । पहिलो दिन यो चलचित्रले २० करोडको व्यापार मात्र गर्न सक्यो । दोस्रो दिन शनिबार यसको व्यापार बढ्नुको सट्टा झनै घट्यो । जसका कारण चलचित्रले १८ करोडको व्यापार गर्यो ।

यसरी दुई दिनमा ३८ करोडको व्यापार गरेको जिरोको तेस्रो दिन व्यापार झनै घटेको छ । भारतमा आइतबार सार्वजनिक बिदा हुने भए पनि बिदाको दिन व्यापार स्वाट्टै घटेको छ । बरु जिरोसँगै रिलिज भएको दक्षिण भारतीय चलचित्र ‘केजीएफ’ को व्यापार दिनदिनै बढ्दै गएको छ । चलचित्र जिरोले आशातित व्यापार नगर्नुमा शाहरूखको स्टारडम चलचित्रमा दर्शकले नपाउनुलाई लिइएको छ । निर्देशक आनन्द एल रायले प्रयोगका रूपमा राम्रो चलचित्र निर्माण गर्न नसकेको चलचित्र हेर्दा दर्शकले मनोरञ्जन लिनुको सट्टा तनाव झेल्नुपरेको जस्ता आरोप जिरोमाथि लागेको छ ।

यो चलचित्र होचा पुड्का मानिसहरूको कथा व्याथामा आधारित छ । तर, उनीहरूको कथालाई राम्ररी सिनेमामा उतार्न नसकेको, शाहरूख खानको स्टारडमभन्दा उनलाई होचो पुड्को बनाएर पर्दामा प्रस्तुत गर्न खोजिएकाले पनि जिरोको व्यापार निराशाजनक भएको दर्शकहरूको टिप्पणी छ ।