‘सालको पात टपरी’लाई डेढ करोडको केक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतको इतिहासमा सर्वाधिक दर्शक कमाएको भन्दै ‘सालको पात टपरी हुनी’बोलको गीत टिमले केक काटेको छ । युट्युवमा अपलोड गरिएको तीन महिनाको अन्तरालमा डेढ करोड बढी पटक हेरिएको उपलक्ष्यमा यस गीतको निर्माण टिमले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै केक काटेको हो ।

कार्यक्रममा गीतसँग सम्बन्धित श्रष्टाहरुलाई रोयल्टी तथा लोक दोहोरीको क्षेत्रमा लामो समयदेखी योगदान पु¥याउँदै आएका कलाकारहरुलाई सम्मान पनि गरियो । कार्यक्रममा गीतका गायक तथा मोडल कुलेन्द्र विश्वकर्मा, बसन्त थापा र मरिष्का पोखरेलले उपस्थित सम्पुर्णलाई केहिबेर सोही गीतमा नृत्य गरेर पनि मनोरञ्जन दिएका थिए ।

उपस्थित अतिथि तथा कलाकारहरुले नेपाली टिपिकल मौलिक शब्दमा निर्माण भएको जुनसुकै गीतलाई नेपाली दर्शकले माया गर्ने गरेको प्रतिक्रिया दिएका थिए । साथै सालको पात गीतमा पुर्णतया नेपाली पन झल्किएको भन्दै अझ दर्शकको मन जित्न सफल होस् भन्नेहरु थुप्रै थिए । गायक कुलेन्द्रले आफूहरुको टिमले गर्दा गीतले सफलता पाएको बताए । उनी एक राम्रो टिम भएकाले मात्र गीत यहाँसम्म आएको बताउँछन् । यस्तै गीतका संगीतकार बसन्त थापाले गीतको संगीतले मात्र पनि गीत राम्रो नबन्ने हुँदा त्यसका लागी गायक, भिडियो निर्देशन तथा कलाकार सबैको उत्तिकै हात हुने र यस गीतको सबैकुरा मिलेको हुँदा दर्शकले मन पराएको बताए । साथै नायिका मरिस्काले लोक दोहोरी गीतलाई सदैब माया गर्ने बताइन् । कार्यक्रममा हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि उपस्थित थिए । साथै नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा लामो समय बिताइसकेका थुप्रै कलाकारहरुको उपस्थिती थियो ।