भुकम्पले गर्दा चलचित्रको प्रदर्शन मिति सर्यो

...

बैशाख, काठमाडौं ।  नेपालमा गएको महाभुकम्पले गर्दा धेरै जनधनको क्षति भयो । सँग सँगै नेपाली सिनेमा क्षेत्रमा पनि प्रभाव पर्ने नै भयो । गएको सनिबार गएको महाभुकम्पले गर्दा एक महिनासम्म सिनेमा हलहरु बन्द रहने भएका छन् । साथै प्रदर्शनको तयारीमा रहेका सिनेमा हरुको पनि मिति सारीएको छ ।

chankhe sankhe

यदि वैशाख १८ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘धुन’ले रिलिज स्थगित गरेको छ । यस्तै, वैशाख २५ गतेबाट प्रदर्शनमा आउने भन्दै चर्को प्रचार गरिएको फिल्म ‘होस्टेल रिटन्र्स’को प्रदर्शन मितिपनि सरेको छ । अर्को मिति तय नभएसम्म सिनेमा प्रदर्शन नगरीने निर्माताहरुको भनाई छ ।

hostel

त्यस्तै जेठ १ गतेबाट प्रदर्शनमा आउने भनिएको सिनेमा ‘चंखे शंखे पंशे’ को पनि प्रदर्शन मिति सरेको छ । जेठ ८ मै प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अधकट्टी‘का निर्माता प्रदिप उदय अवस्था हेरेर मात्र प्रदर्शनीको मिति तय गर्ने सुरमा छन् ।

arthakatti