डिभोर्स वार्षिक उत्सव मनाएकी मिनाले पारिवारिक कथामा फिल्म बनाउने

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

हास्यव्यंग्य कलाकार मनोज गजुरेलकी भूतपुर्व पत्नी मिना ढकालले बुधबार नयाँ बानेश्वरको बुटिकमा मनोज गजुरेलसँग डिभोर्स गरेको पहिलो वार्षिक उत्सव मनाएकी छिन् । उनले स्वतन्त्र दिवस मनाएको बताएकी छिन् । उनले मिडियाकर्मीहरुलाई पहिलो डिभोर्स उत्सव मनाउँदै यो एक वर्ष भित्र पारिवारिक तथा सामाजिक कथामा चलचित्र निर्माण गर्ने बताएकी छिन् ।

मिडियाकर्मीहरुसँग कुराकानीको क्रममा उनले अभियुद्ध खनालले स्क्रिप्ट तयार गर्ने जिम्मा लिएको बताएकी छिन् ।  उनले भनिन्  'मैंले आत्म सन्तुष्टिकोलागि चलचित्र निर्माण गर्न लागेकी हुँ मैले कसैलाई मेरो दुख देखाउन खोजको होइन । त्यसैले चलचित्रको कन्सेप्ट चाहीँ मेरो रहेको छ ।' आफ्नो चलचित्रमा आफ्नो पनि सानो भूमिका रहने उनले बताएकी छिन् । तर अरुको चलचित्रमा भने सानो तिनो भुमिकामा अभिनय नगर्ने उनले बताईन् ।

डिभोर्सपछि अन्तरवार्ता र गीत सार्वजनिक गरेर चर्चामा छिन् । उनले सावजनिक गरेको गीतलाई अडियन्सले राम्रो प्रतिक्रिया नदिएपछि उनको झन चर्चा परिचर्चा चुलिएको हो । डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिनाले मिडियाको दुनियाँमा आउन पुर्व पति मनोज गजुरेलले रोक तोक गरेको बताएकी छिन् । उनले भनिन्  ‘उहाँले मलाई बाहिर आउन नदिनु कारण उहाँलाई मेरो क्षमता थाहा छ । किनकी उहाँलाई म भन्दा अगाडी पूग्छु भन्ने डर जो थियो उहाँको मनमा । तर मैले नै मनोज गजुरेललाई डोराएर उचाईको शिखरमा पुराएको हो ।' त्यसैक्रममा एक मिडियाकर्मीले छोराछोरीले यो उत्सव प्रति कस्तो प्रतिक्रिया जनाएका छन् भनेर प्रश्न गर्दा उनले रिसाँउदै यो प्रश्न नर्गनुस भनिन् ।