म आफूलाई अनलक्की नै भन्छु : दिपाशा बिसी

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रमा दशक सम्म संघर्ष गर्ने कलाकारहरु थुप्रै छन् । दर्शकमाझ चिनिनका लागी हरदिन कोसिस गरिरहेका कलाकार यो क्षेत्रमा थुप्रै भेटिन्छिन् । दर्जनौं चलचित्रमा काम गर्दा पनि दर्शकको नजरमा नपर्दा कतिपय कलाकारहरु कलाकारिता छाडेर अन्य बिभिन्न पेशामा लागेको पनि भेटिन्छ । कतिपय कलाकारहरु भने पहिलो चलचित्रबाटै लक्की साबित हुन्छन् ।

यस्तै नेपाली चलचित्रका लागी आफूलाई ‘अनलक्की’कलाकार भन्दै आएकी मोडल दिपाशा बिसीले पनि अहिलेसम्म सात चलचित्रमा अभिनय गरिसकेकी छिन् । नेपाली म्युजीक भिडियोको क्षेत्रमा उनका सयौं भिडियोहरु छन्  जसमा दर्जनौं निकै हिट पनि छन् । एकपछि अर्को म्युजीक भिडियोका लागी अफर आइरहन्छन् । तर उनका लागी चलचित्रक्षेत्र फलदायी रहेन । उनले अहिलेसम्म जतिपनि चलचित्रमा काम गरिन् सबै चलचित्र ‘फ्ल्प’को लिस्टमा छन् ।

बि.स. २०६४ सालमा सोभित बस्नेतले निर्देशन गरेको ‘दुलही रानी’बाट आफ्नो चलचित्रयात्रा सुरु गरेकी दिपाशाको पछिल्लो चलचित्र ‘रमिता’ हो, जुन प्रदर्शनको तयारीमा छ । ‘दुलही रानी’पछि ‘झेली, ओएमजी, गहिराही, बिरानो माया, छाल’ चलचित्रमा काम गरिसकेकी छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रमिता’को बिहीबार बालाजु बाइपासस्थित अष्ट नारायण हलमा च्यारिटी सोको आयोजना गरियो, जहाँ दिपाशाले पनि अन्य केहि चलचित्रकर्मि तथा दर्शकसँगै बसेर चलचित्र हेरिन् । ‘अनुभवको हिसाबमा धेरै अनुभव बटुलिसकेँ तर आफूलाई अनलक्की नै भन्छु, मैले काम गरेका चलचित्र हिट हुन सकेनन्’, दिपाशाले चलचित्र हेरिसकेपछि उनले भनिन् । ‘आफ्नो कामको प्रतिक्रिया जहिले पनि लिने गरेकी छु, निकै राम्रो भन्नुहुन्छ’

दिपाशाले एकपछि अर्को चलचित्र अफर आएका चलचित्रहरु कुनैपनि अस्विकार नगरेको पनि बताइन् । ‘मैले आएका अफरहरु सबै स्विकार्दै आएँ, सायद ब्यानर अर्थात चलचित्र निर्माण टिम छान्न नसकेको भन्ने लागेको छ’ दिपाशाले भनिन्। उनले अब चलचित्रमा काम गर्दा निर्माण टिम बुझेर गर्ने बताइन् । ‘अब चलचित्रमा काम गर्दा सबैकुरा बुझेर गर्ने सोँचमा छु’ उनले थपिन् ।

‘रमिता’ चलचित्रको च्यारिटी सोमा बिशेषगरी लोक तथा दोहोरी गीत क्षेत्रका कलाकारहरुको जमघट बढी देखिन्थ्यो । यो चलचित्र लोदोहोरी सर्जक प्रल्हाद सुवेदीको लेखनमा बनेको हुँदा पनि लोकदोहोरीका कलाकारहरुलाई बढी निमन्त्रणा गरिएको बुझ्न सकिन्छ । रञ्जितकुमार क्षेत्रीले निर्देशन गरेको यो चलचित्रमा ईश्वरी कंडेल र रञ्जित कुमारकै लगानी छ । मञ्जुश्री फिल्मस्को ब्यानरमा निर्मित यो चलचित्रले गाउँका युवाहरुको कथालाई समेटेको छ । बिशेषगरी अपरिचित ब्यक्तिको लहैलहैमा लागेर केहि नबुझी अमेरिका जस्तो देशमा जानका लागी मरिहत्ते गर्दाको परिणाम चलचित्रमा देखाइएको छ । चलचित्रमा दिपाशासँगै, दिलिप रायमाझि, रजनी केसी, रिना थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

साभार: हिमालय टाइम्स राष्ट्रिय दैनिक