मञ्जु पौडेलको बजार तताउने गित आयो, ‘तलतल लाग्यो मलाई’ (भिडियो सहित)

...

manju paudel new songकात्तिक १६, काठमाडौं ।  गायिका मञ्जु पौडेलको ‘तलतल लाग्यो मलाई’ बोलको गित सार्वजनिक गरीएको छ । चर्चित गायक राजु परियारको साथमा मञ्जु पौडेलको स्वर रहेको उक्त गितमा चर्चित शब्द लेखक एक नारायण भण्डारीको शब्द रहेको छ ।

सार्वजनिक गितको भिडियो उत्कृष्ट बनेको देख्न सकिन्छ । गायिका मञ्जु पौडेलको यो भन्दा अघिका गितहरुमा पनि भिडियोलाई दर्शकले निकै मन पराएका थिए । थोरे गित गाउने र लोकप्रिय गित बनाउने गायिका पौडेलको अहिले सार्वजनिक गरीएको ‘तलतल लाग्यो मलाई’ गितलाई पनी दर्शकले रुचाउने अनुमान लगाउन सकिन्छ । नितिन चन्दले निर्देशन गरेको उक्त म्युजीक भिडियो उत्कृष्ट बनेको देख्न सकिन्छ । भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् । त्यस्तै भिडियोमा प्रशान्त तामांगको कोरियोग्राफि रहेको छ ।

गायिका मञ्जु पौडेलको यस भन्दा अघिको धुँवा सरी बोलको गितपनि दर्शक तथा स्रोताले निकै रुचाएका थिए । अहिले सार्वजनिक गितको भिडियोमा पनि धुँवा सरी गितमा अभिनय गराइएका कलाकारकै अभिनय देख्न सकिन्छ ।

Video