‘बोबी’को सिक्वेल ‘बोबी-२’ बन्ने

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

रियल जोडीको कथामा निर्माण भएको चलचित्र ‘बोबी’को दोश्रो सिरिज पनि बन्ने भएको छ । अन्तर्जातिय प्रेम विवाह गरी नर्बे गएका उमेश थापा र कविता गुरुङको वास्तविक कथामा निर्माण भएको उक्त चलचित्र गएको असार २९ गतेबाट प्रदर्शनमा आएसँगै दर्शकले मन पराएका थिए । त्यसै चलचित्रको बाँकी कथाको रुपमा ‘बोबी २’ निर्माण हुने भएको हो ।

चलचित्रमा ‘बोबी’मा देखाइएको कथाको बाँकी भाग हेर्न पाइनेछ, अर्थात नायक उमेशको संघर्षको कथालाई जोड दिइनेछ । उमेशले गाउँको जीवन भोगेको देखी नर्बे कसरी पुगे र नर्बेमा कस्तोकस्तो संघर्ष गरे भन्ने बिषय केन्द्रित रहने शनिबार आयोजीत चलचित्र घोषणा कार्यक्रममा जानकारी दिइयो ।

‘बोबी’ निर्देशक मिलन चाम्सले दोश्रो सिरिज बनाउने सुरुवातमै आफूले निर्णय लिएको बताए । ‘मैले उमेश र कविताको कथा सुनेपछि चलचित्र  बनाउने निर्णय गर्दा नै दुई सिरिज बनाउने निर्णय गरिसकेको थिएँ । किनकी उहाँहरुको कथा एउटै चलचित्रमा अट्दैनथ्यो ।’ निर्देशक चाम्सले भने । ‘अझ उहाँहरुको पुरै कथा चलचित्रमा उतार्ने हो भने त तीनचार सिरिज नै बन्न सक्छ, हामीले मुख्य कुरालाई मात्र उतार्ने कोसिस गरेका हौं ।’ उनले ‘बोबी’ पैसा कमाउनका लागी भन्दा पनि दर्शकको प्रेरणाका लागी निर्माण गरिएको बताए । चाम्सले कतिपय चलचित्र मनको शान्तीका लागी बनाउने बताए । ‘मैले यो चलचित्र निर्माण गर्दैगर्दा धेरै पैसा कमाउँला भन्ने सोचेर बनाएको थिइँन र दोश्रो सिरिजले पनि पैसा धेरै कमाउँछ भन्ने अपेक्षा छैन, यो चलचित्र हेरिसकेपछि दर्शकको जीवनमा केहि सकारात्मक परिवर्तन आवस भन्ने हो ।’ चाम्सले थपे ।

यस्तै चलचित्रका रियल नायक उमेशले पनि दोश्रो सिरिजमा आफ्नो कथालाई दर्शकले धेरै बुझ्न पाउने बताए । ‘बोबीमा कविता र मेरो कथालाई दर्शकले केहिसम्म बुझ्नु भयो तर दोश्रो सिरिजमा कवितासँग भेट हुनुभन्दा अघिका कुराहरुपनि हेर्न पाउनुहुनेछ’ उमेशले भने । उनले कार्यक्रममा आफ्नो स्कुले जीवनका केहि तितामिठा क्षणलाई पनि सम्झे । यस्तै रियल नायिका कविताले पनि उमेशसँग आफूले भेट्नुभन्दा अघिका कुराहरु धेरेनै दुख तथा सुखका पलहरु रहेको बताइन्।

चैत दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्र ५० प्रतिशत नर्वेमा छायांकन हुने बताइयो । चलचित्र पोखरा र काठमाडौंमा छायांकन हुनेछ । नरेश भट्टराई र गिरिराज घिमिरेले संयूक्त रुपमा उमेशको संघर्ष र सफलताको कथालाई पटकथामा ढालेका छन् । चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण हुने चलचित्रको सिनेमेट्रोग्राफरमा नवराज उप्रेती रहने छन् । बनिश शाहले सम्पादन गर्ने चलचित्र अर्को वर्षको मध्यान्तरमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।