बलिउडका हाँस्य कलाकार कादर खान अस्पताल भर्ना, अवस्था निकै नाजुक

मुम्बई , एजेन्सी ।

लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएका बलिउडका कादर खान स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनको स्वास्थ्य अवस्था निकै नाजुक भएकाले यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहको जानकारी प्राप्त भएको छ । उनको ‘प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर’का कारण दिमागमा सञ्चालित हुने गतिविधिसमेत प्रभावित भएको खानका छोरा सरफराजले बताएका छन् ।

छोरा सरफराजका अनुसार खानको यसअघि घुँडाको शल्यक्रिया समेत गरिएको थियो। हाल खान निकै नाजुक अवस्थामा छन् । उनी बोल्न नसक्ने अवस्थामा रहेको र उनमा निमोनियाको लक्षणसमेत देखा परेको छ। खानलाई एक्कासी श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि डाक्टरहरूको एक समूहले उनलाई भन्टिलेटरमार्फत् उपचारका लागि सिफारिस गरेका थिए।

बलिउड दर्शकमाझ ८१ वर्षीय खान लोकप्रिय कलाकारका रुपमा परिचित छन्। उनले बलिउडमा हिट चलचित्र, ‘मुज्से सादी करोगी’, ‘जिना सिर्फ मेरे लिए’, ‘आखियो से गोली मारे’, ‘जौरुका गुलाम’ लगायतका दजर्नौ चलचित्रमा मा अभिनय गरिसकेका छन्।