भष्ट्रचारी राजारामको ‘सयकडा दश’ (ट्रेलर)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘सयकडा दश’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । रज्जु प्रधानको कथामा तयार भएको चलचित्रको ट्रेलरमा लिड रोलमा रहेका कलाकार राजाराम पौडेललाई एक भष्ट्रचारी सरकारी कर्मचारीको रुपमा चित्रण गरिएको छ ।  ट्रेलरले भ्रष्टचारसँगै प्रेमको भावलाई पनि समेटेको छ ।

रामशरण पाठक निर्देशित यस चलचित्रबाट हायकलाकार मनोज गजुरेलले चलचित्र क्षेत्रमा डेब्यु गरेका छन् । रामशरण पाठककै लेखन रहेको चलचित्रमा राजाराम र मनोजका अलावा अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने लगायतको अभिनय छ ।

चलचित्रमा एक बाबुको भ्रष्टाचारको कर्तुतले छोराछोरीको जीवनमा पर्ने असरलाई चलचित्र मार्फत उतार्न खोजेको निर्माण पक्षले बताएका छन् । यसै बीच निर्माता राजाराम पौडेलले चलचित्रको कथाबस्तु हाल नेपाली परिवेशमा भईरहेको गतिविधीलाई सुहाउँदो भएको बताएका छन् । यसै प्रसङ्गमा निर्देशक पाठकले यूवाहरुले चाहीँ यो चलचित्र हेर्नैपर्ने बताएका छन्  ।

दर्शन नेपाल क्रिएसनको ब्यानरमा  निर्माण गरिएको चलचित्र आगामी माघ १८ मा प्रर्दशनमा आउने भएको छ । चलचित्र निर्माणमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेको हात रहेको छ । चलचित्रमा दीलिप ओखेडाको कोरियोग्राफी रहेको छ । हास्यकलाकार राजाराम पौडेल कार्यकारी निर्मातामा रहेको चलचित्रमा बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

trailer