कादर खानको निधन भएको हल्ला मात्रै

मुम्बई (एजेन्सी) ।

बलिउडका लोकप्रिय कलाकार कादरको निधनको खबर फैलिरहेको छ । खानको स्वास्थ्य अवस्था नाजुक भएपछि उनी केही समयदेखि अस्तपालमा भर्ना भएका छन् । निधनको खबर फैलिएपछि उनका प्रशंसक शोकमा डुबेका छन् । तर यो खबर झूट हो । उनका छोरा सरफराजले बुवाको निधन भएको खबरको खण्डन गर्दै आफ्ना बुवाको अस्पतालमा उपचार भइरहेको जनाएका छन। उनले भने 'यो खबरमा सत्यता छैन। यो फर्जी र अफवाह मानै हो, मेरा बुवा अस्पतालमा हुनुहुन्छ।’

उनको ‘प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर’का कारण दिमागमा सञ्चालित हुने गतिविधिसमेत प्रभावित भएको खानका छोरा सरफराजले बताएका छन् । आइतबार राति सामाजिक संजालमा कादर खानको निधन भएको अफवाह फैलिएको हो । लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएका खानको यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहको भारतीय मिडियामा खबर छ । सामाजिक संजालमा कादर खानको निधन भएको हल्ला मच्चिएपछि भारतको सरकारी रेडियो अल इण्डियाको आधिकारिक ट्विटर ह्याण्डलबाट उनको निधन भएको ट्विट गरिएको थियो। यद्यपी कादर खानको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ।

खानले बलिउडमा हिट चलचित्र, ‘मुज्से सादी करोगी’, ‘जिना सिर्फ मेरे लिए’, ‘आखियो से गोली मारे’, ‘जौरुका गुलाम’ लगायतका दजर्नौ चलचित्रमा मा अभिनय गरिसकेका छन् ।