सबैका डोजर किरण केसी

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

हाँस्य कलाकार किरण केसी अहिले चलचित्र निर्माणमा लागेका छन् । वरिष्ठ हाँस्य कलाकारद्धय महजोडीको समकालिन भएर हाँस्य टेलिसिरियलबाट कलाकारितामा आएका किरणले अहिले ‘दालभात तरकारी’चलचित्र निर्माण गरिरहेका छन् । आफैले लगानी गरेर चलचित्र बनाउन कस्सिएका किरण कुनैपनि काम गर्दा निकै मिहिनत गर्छन् त्यसैले पनि धेरैले उनको कामलाई प्रसंसा पनि गर्दै आएका छन् ।

टेलिसिरियलमा ‘रातामकै’उपनामबाट दर्शकमाझ चिनिएका किरणको कामलाई महजोडीले पनि खुबै प्रसंसा गर्छन् । छायांकनमा रहेको ‘दालभात तरकारी’टिममा उनको काम देखेर वरिष्ठ कलाकार हरिवंश आचार्यले सबैको डोजर भएको बताए । ‘किरण हामी सबैको डोजर हुनुहुन्छ, किनकी काममा यतिधेरै दुख गर्नुहुन्छ कि, अरुले दिनभरी लगाउने काम उहाँले एकैछिनमा गर्नुहुन्छ, उहाँको इनर्जिलाई सबैले मान्नैपर्छ’ हरिवंशले भने ।

यस्तै ‘दालभात तरकारी’की कलाकार निरुता सिंहले पनि किरणको काम देखे आफूहरु अचम्मीत परेको बताइन् । ‘दाईको कामप्रतिको इनर्जी देख्दा अचम्म लाग्छ, बिहान जुन इनर्जीमा आउनुहुन्छ त्यहि इनर्जी दिनभरी लगाउनुहुन्छ’ निरुताले भनिन् । सुदन केसीले निर्देशन गर्ने चलचित्र मह संचारको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउतलगायतका कलाकारहरुको अभिनय रहनेछ । यस्तै विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीको अभिनय देखिनेछ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने चलचित्रका गीत हरिवंश आफैंले लेखेका छन् । मित्र डि गुरुङको सम्पादन रहने यो चलचित्र दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेललगायत निर्मातामा छन् । (समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)