‘नयाँबर्ष २०१९’मा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

अंग्रेजी नयाँबर्ष सन् २०१९को आगमन सँगै नेपालमा पनि बिभिन्न कार्यक्रमका आयोजना गरियो । २०१८ को अन्तिम दिन काठमाडौं लगायत देशैभरीका बिभिन्न ठाउँमा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । काठमाडौंको जमलस्थित एल्लो पागोडा होटलमा आयोजीत ‘न्यू इयर इभ २०१९’मा राष्ट्रियस्तरका लोकप्रिय कलाकारहरुले प्रस्तुती दिए । कलाकार ममता प्रधान र जेबि डिसीले आयोजना गरेको उक्त कार्यक्रममा चर्चित गायक देखी डान्सरले प्रस्तुती दिएका थिए । कार्यक्रममा लोकप्रिय गायक आनन्द कार्की, गायिका प्राश्ना शाक्य, डान्सर बिनु शाक्य, डिजे निरज लगायतले प्रस्तुती दिँदा उपस्थित दर्शक झुमेका थिए ।

आयोजक ममताले अंग्रेजी नयाँबर्ष पनि नेपालमा पछिल्लो समय तामझामका साथनै मनाउन थालिएकोले सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताइन् । ‘नेपालमा पनि अंग्रेजी नयाँबर्ष अनुसार धेरै काम हुने गर्छन, फेरी हामीले नयाँबर्षको साँस्कृतिक कार्यक्रममा नेपाली गीतसंगीतमै रमाउने गरेका छौं’ ममताले भनिन् । कार्यक्रममा गायक आनन्दले आफ्ना चर्चित गीत ‘भरे आउँछु सपनीमा, लाग्छ मन हेरिरहुँ, यी हल्ला तीनैहुन्’ लगायतका गीत सुनाएका थिए । यस्तै उनले एक हिन्दी गीत पनि गाएर सुनाएका थिए । ‘संगीत भनेको जुन भाषाको पनि हुनसक्छ, नेपाली, हिन्दी, अंग्रेजी जुन गीतबाट पनि संगीतको रस लिन सकिन्छ ।’ आनन्दले भने ।

कार्यक्रममा बेली डान्सरको रुपमा चिनिएकी मोडल बिनु शाक्यले कार्यक्रमको सुरुवातमा नेपाली संस्कृति झल्किने एक गीतमा नृत्य गरेकी थिइन् । त्यस्तै दोश्रो प्रस्तुतीको रुपमा बेली डान्स पनि गरिन् । ‘अंग्रेजी नयाँबर्ष भन्दैमा बिदेशी गीतमै नाँच्नुपर्छ भन्ने होइन, नेपाली गीतमा पनि दर्शक रमाउनु हुन्छ’ बिनुले भनिन् । उनले सोमबार साँझ नै दुईवटा नयाँबर्ष बिशेष कार्यक्रममा प्रस्तुती दिएकी थिइन्  । उनले राजधानीकै दरबारमार्गमा आयोजीत दोश्रो कार्यक्रम  ‘२०१९ न्यू इयर इभ’ मा पनि दुई गीतमा नृत्य गरेको जानकारी दिइन् । उक्त कार्यक्रममा गायक बिजय लामा र उनको ब्याण्ड मुख्य आकर्षणको रुपमा रहेको थियो ।

यस्तै राजधानीमै अंग्रेजी नयाँबर्षको अवसरमा ‘रिजोलुसन २०१९’ कार्यक्रममा गायन रियालिटी शो द भ्वाइस नेपाल प्रतियोगी आशिष गुबाजु मुख्य आर्कषणको रुपमा रहेका थिए  । यस्तै चितवनमा शहिद चोकमा पनि गायक शिव परियारले हजारौं दर्शक झुमाए । शिवले ‘पिउदीन भन्दा भन्दै पिलायो साथीले’, ‘क्या दामी भो’, ‘काहाँ थियौं’ लगायतका चर्चित गीत गाएका थिए । यस्तै अन्य थुप्रै ठाउँमा राष्ट्रिय तथा स्थानिय कलाकाहरुको साथमा अंग्रेजी नयाँबर्ष बिशेष कार्यक्रम सम्पन्न भएका थिए ।