<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ पुस, काठमाडौं । </span></pre><p style="text-align: justify; ">निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । हास्य कलाकार दीपकराज गिरी र निर्माता रोहित अधिकारीले मिलेर बनाउन लागेको नाम नखुलाइएको चलचित्रका लागि निर्देशक लामा फाइनल भएका हुन् । निर्देशक लामाले निर्देशन गरेको चलचित्र ‘गोपी’ आउने क्रममा छ भने यो भन्दा अघि उनले निर्देशन गरेको चलचित्र ‘घामपानी’ प्रदर्शन भइसकेको चलचित्र हो । रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको प्रस्तुतिमा यो चलचित्र बन्नेछ। यो चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुने बताइएको छ ।चलचित्रका लागि दिपकराज गिरी र केदार घिमिरे पक्का भइसकेका छन् भने अन्य कलाकार र प्राविधिकको छनोट भइरहेको छ । यो चलचित्रमा दिपकले नाफाको ५० प्रतिशत हिस्सा लिनेछन् । </p><p><br></p>







१८ पुष २०७५, बुधबार ०६:२५ 








