मुम्बई (एजेन्सी) ।

हाल बलिउड चलचित्र ‘२.०' को सफलताको कारण चर्चामा रहेकी नायिका एमी ज्याक्सनले आफ्ना प्रेमी जर्ज पनायोटीसँग इन्गेजमेन्ट गरेकी छिन् । उनले नयाँ बर्षको दिनमै प्रेमीसँग इन्गेजमेन्ट गरेर जीवनको नयाँ पलको सुरुवात गरेकी छिन् । केही समयदेखि व्यापारी जर्ज सँग प्रेममा रहेकी एमी ज्याक्सनले इन्गेजमेन्टको केही तस्विरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

उनले उक्त तस्विरमा लेखेकी छिन् 'अबको जीवन म तिमीसँग जिउन गइरहेको छु ,म आफुलाई संसारकै सबैभन्दा भाग्यमानी यूवती ठानिरहेको छु ।’ हाल यि जोडी जाम्बियामा छन् । सन् २०१८ मा बलिउडका निकै कलाकारले बिहे गरेर नयाँ जीवन सुरु गरे । सन् २०१९ मा भने नायिका एमी ज्याक्सनले शुरु गरेकी छिन् ।

१८ पुष २०७५, बुधबार ०७:४५