हट एयरबाट फिल्म प्रचार

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपालमा चलचित्र प्रचारका अनेक फण्डा अपनाउने गरिन्छ । दर्शकसम्म चलचित्रबारे जानकारी दिनका लागी निर्माताहरु प्रभावकारी माध्यमको खोजीमा सदैव लागिरहेका हुन्छन् । समाजिक सञ्जाल, उपहार, पुरस्कार जस्ता कुराहरु त यो भन्दा अघि बिभिन्न चलचित्रमा अपनाइएको फण्डा हो, अब भने फेरी नयाँ माध्यम सुरु गरिएको छ ।

आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोपी’ टिमले भर्खरमात्र नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुन मार्फात चलचित्रको प्रचार सुरु गरेको छ ।

चलचित्रको पोस्टर टाँसेर पोखरामा प्रचार सुरु गरिएको निर्माण टिमले जानकारी दिएको छ । ‘पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुन मार्फत गरेका  हौँ’, चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेलले भने । यो भन्दा अघि निर्माण टिमले कविता प्रतियोगीताको आयोजना गरेको थियो । जसमा पनि कविताहरु आइरहेको निर्माण टिमले जनाएको छ ।

चलचित्रमा एक युवाले गाईपालनमा भोग्नुपरेको दुख तथा सफलताका कुराहरु देखाइएको छ । दीपेन्द्र लामा निर्देर्शीत यो चलचित्रमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ ।