शृङ्खला वाणिज्य बैंकको सद्भावना दूत

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ । बैंकमा बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिए । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उनको छ । बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले खतिवडालाई सद्भावना दूतमा रोजेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

सद्भावना दूत नियुक्तिसम्बन्धी सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले हस्ताक्षर गरेका थिए ।

सो कार्यक्रममा मिस नेपाल २०१८ शृङ्खला खतिवडाले आफू सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको सद्भावना दूत हुन पाउँदा असाध्यै खुशी लागेको बताइन् ।

विसं २०२२ माघ १० गते स्थापाना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।

(रासस)