‘मारुनी’ भदौ १३ बाट रिलिज हुने

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नयाँ चलचित्र ‘मारुनी’ आउँदो बर्षको भदौ १३ बाट प्रदर्शन हुने भएको छ । पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरिरहेको चलचित्रमा नवल नेपालको निर्देशन रहेको छ । बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरिएको निर्माण टिमले जनाएको छ ।

एफडी प्रमुख नरेन्द्र महर्जनले निर्माता तथा निर्देशकको माग बमोजिम प्रदर्शन मिति छानिएको बताए । ‘उहाँहरुले राम्रो फिल्म बनाउने कुरामा हामीलाई पूर्ण विश्वास छ । यही कारण हामी उहाँहरुसँग सहकार्य गर्न तयार भएका हौं,‘महर्जनले भने । निर्माता गौतमले पनि एफडीसँगको सहकार्यले फिल्मलाई लक्षित दर्शकसम्म पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।  ‘ प्रदर्शन सिनेमा मेकिङपछिको महत्वपूर्ण पाटो हो । यो क्षेत्रमा उहाँहरुको लामो अनुभव छ । उहाँहरुसँगको सहकार्यपछि फिल्म लक्षित दर्शकसम्म पुग्ने कुरामा हामी थप विश्वस्त बनेका छौं,’ निर्माता गौतमले भनिन् । एफडीले काठमाडौबाहिर सम्पूर्ण रुपमा फिल्म वितरण गर्नेछ ।

केही समयअघि कलाकारलाई ¥याम्पमा हिडाउँदै नयाँ शैलीमा फिल्म ‘मारुनी’को घोषणा गरिएको थियो । फिल्ममा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङ मुख्य भूमिकामा रहेका छन् । त्रिकोणात्मक प्रेमकथा बताइएको फिल्मलाई गोविन्द फुयाँल र निर्देशक नवल नेपाल स्वयं मिलेर लेखेका हुन् । सन्जय लामाको छायांकन रहने फिल्म माघको अन्तिम साताबाट फ्लोरमा जाने निर्माण टिमले जानकारी गराएको छ ।

फिल्ममा निर्माणमा पुनमलाई अजय पोखरेल र राजा प्रधानले  सघाउने छन् । हरि सिलवाल फिल्मको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । फिल्ममा  सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी आदि कलाकारको  अभिनय रहनेछ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।