आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

लगनको महिना सुरु हुदैगर्दा नेपाली सांगितीक दुनियामा पञ्जेबाजाका गीत आउन थालेका छन् । यसको सुरुवाता लोकप्रिय गायक बद्री पंगेनीले गरेका छन् । गायक बद्रीले ‘गुन्द्रीमा दरि’ बोलको पञ्जेबाजा गीत सार्वजनिक गरेका छन् । जसमा उनलाई स्वस्तिका तिमिल्सिनाले स्वरमा साथ दिएकी छिन् ।

चर्चित गीतकार एकनारायण भण्डारीका शब्द तथा संगीतमा आशिष अविरलले संगीत संयोजन गरेका हुन् । यस्तै गीतको भिडियो पनि निकै राम्रो बनेको छ । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित मोडल शंकर बिसी, महेन्द्र गौतम, रश्मी तामाङले भिडियोमा अभिनय गरेका छन् । भिडियो शंकर बिसीले नै निर्देशन गरेका हुन् । दुर्गा पौडेलले खिचेको भिडियो नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

गीतको बिषयमा बोल्दै गायक बद्रीले लगनको सिजनलाई लक्षित गर्दै गीत निर्माण गरेको बताए । उनले अबको प्रत्यक्ष बिहेमा यसगीत बज्नेमा आशा लिएका छन् । ‘हामीले गीत र भिडियोमा सक्दो मिहिनत गरेका छौं, दर्शकलाई कस्तो लाग्छ प्रतिक्रिया चाहान्छौं’ बद्रीले भने । उनले यो गीत आफ्नो नामको अफिसियल युट्युव च्यानलबाटै सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वर्तमान अध्यक्ष समेत रहेको बद्रीका दर्जनौं हिट गीत छन् । उनका ‘ससुरालीमा’ र ‘मन थिएन जोगी बन्नलाई, ‘फोटो फिर्ता लेऊ’ बोलको लोकगीत अत्यधिक हिट भएका गीत हुन् ।

video:

२० पुष २०७५, शुक्रबार ०१:४४