‘लिटिल स्टार’मा अब ६५ प्रतियोगी

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

बालबालिका सम्वन्धी सौन्दर्य प्रतियोगीता ‘लिटिल स्टार अफ द इयर २०१९’ मा १२० प्रतियोगीबाट ६५ प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनबाट यी ६५ प्रतियोगी छानिएका हुन् ।

अहिले बाँकी प्रतियोगी आफूलाई निर्खान प्रशिक्षणमा जुटेका छन् । थापाथलीस्थित होटल ब्लुबडमा उनीहरु प्रशिक्षण मार्फत आफुलाई निखार्न लागेका हुन् । प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल,तेन्जु योन्जन, सन्तोष भुजेल लगायतले गरिरहेका छन् ।

प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासन, पब्लििक स्पिकिङ लगायत विषयको ज्ञान लिने प्रतियोगीताको कोडिनेटर गीता पुरीले जानकारी दिइन् । प्रतियोगीताको कोअडिनेटरमा अन्जु शर्मा, रस्मिना मट्टराई समेत रहेका छन्, भने सह कोअडिनेटरको रुपमा शुशान्तकाजी श्रेष्ठ रहेका छन् ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले केही बर्ष अगाडि  एनोवेसन इवेन्ट म्यानेजमेन्टले यो प्रतियोगीता सुरु गरेको हो ।

७ देखि १४ बर्षसम्मका बालबालिकाले सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरि भिन्न भिन्नै तीन समहुको बिजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

शिर्ष सहित बिभिन्न उप बिजेता समेत छानिने प्रतियोगीतामा बिजेताले बिभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजले जनाएको छ ।