आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘गरुड पुराण’ मा अभिनेता कर्मा शाक्यलाई दुई फरक भूमिकामा देख्न सकिन्छ । प्राय चलचित्रमा युवा नायकको रुपमा प्रस्तुत हुने कर्म यस चलचित्रमा भने २५ वर्षिय तन्नेरी र ६० वर्षका वृद्धको भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले शनिबार उक्त चलचित्रको केही तस्बिर सार्वजनिक गरेको छ ।

सुवास कोइरालाका निर्देशित ‘गरुड पुराण’ मा २५ वर्षिय कर्मले प्रेमीको भूमिका निभाएका छन भने ६० वर्षका वृद्ध कर्मको भूमिकाको बारेमा भने निर्माण पक्षले खुलासा गरेका छैनन् । कोइरालाका अनुसार दुबै भूमिकालाई कर्माले न्याय गरेको बताएका छन् ।

कर्मले यस दूई भूमिका निर्वाह गर्न निकै गाह्रो परेको बताएका छन् । युवा भूमिका निर्वाह गर्न जति सजिलो थियो प्रौढ भूमिका त्यत्तिकै चुनौतीपूर्ण भएको उनी बताउँछन् । चलचित्रको मुख्य भूमिकामा युवा कर्मा छन् भने सहायक भूमिकामा प्रौढ कर्मा छन् । यस चलचित्र माघ ४ मा प्रर्दशनमा आउने छ ।

२२ पुष २०७५, आईतवार १३:४२