आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

सिन्धुपाल्चोकमा दृष्टिबिहीन नागरिकका लागि गायक धिरज राई, गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतले सहयोग जुटाएका छन् । उनीहरुले युरोपका विभिन्न देश पुगेर दृष्टिबिहीन र विपन्न विद्यार्थीका लागि भवन निर्माण गर्ने उद्धेश्यले सहयोग जुटाएका हुन् ।

गायिका सुनिताले दृष्टिबिहीनका लागी घर निर्माणको अभियान चलाएको र त्यस कार्यमा आफूहरुले पनि सहयोग गरेको गायक प्रकाशले जानकारी दिए । यस्तै उनले विपन्न विद्यार्थीलाई सहयोग जुटाउने उदेश्यले पनि कार्यक्रम गरिएको बताएका छन् ।

गायिका दुलालले दृष्टिबिहीनका लागि भवन निर्माण गर्न सहयोगका लागि कार्यक्रमहरु भइरहेको बताइन् । दुलाल, राई र सपुत डेनमार्क, फिनल्यान्ड, जर्मनी, नर्वे, वेल्जियम र फ्रान्समा भएका ६ वटा कार्यक्रममा आआफ्नो प्रस्तुती दिएका थिए ।

२३ पुष २०७५, सोमबार ०६:१८