आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

एकै दिनमा एकै गीतकारका सात वटा गीति एल्बम सार्वजनिक गरिएको छ । पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घ संस्थासँगको सहकार्यमा सात एल्बम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सम्पन्न भएको हो ।

आइतबार राजधानीमा पत्रकार भेटघाट गर्दै विमर्स अभियानका बारेमा गीतकार डा. डीआर उपाध्यय, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ले समापन भएको र अभियानका बारेमा विस्तृत जानकारी गराए ।

मंसिर १९ देखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको थियो । जसअन्तर्गत सिन्धुली, धनकुटा, इटहरी, विराटनगर, इलाम, विर्तामोड, दमक, बर्दिबास र हेटौँडामा कार्यक्रम भएको थियो ।

दोस्रो चरणको साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान पुस १० देखि १६ गतेसम्म पश्चिम नेपालमा चलेको थियो । चितवनबाट सुरु भएको अभियान बुटवल, दाङको घोराही, तुलसीपुर, बाँकेको कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा हुँदै गोरखामा पुगेर सकिएको थियो ।

देशका विभिन्न ठाउँहरुमा आफूहरु पुग्दा त्यस क्षेत्रको साहित्य कला र संस्कृतिका बारेमा अझ बढी प्रष्ट हुन सकेको र धेरै बुझ्ने र जान्ने अवसर मिलेको डा. गीतकारले आजको पत्रकार भेटघाटमा बताए । मोफसलमा पनि राम्रा राम्रा प्रतिभा लुकेर बसेको आफूले ति ति स्थानहरुमा पुग्दा पाएको शुरेश घिमिरेल बताए । गीतकार डा. डीआर उपाध्यायले लेखेका गीतहरू छुट्टाछुट्टै सातवटा एल्बममा सङ्गीतकार बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ ले सङ्गीत भरेका छन् भने देशका थुप्रै वरिष्ठ गायक÷गायिकाहरुले स्वर दिएका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो । उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् भने गीत एल्बम ‘प्रणय’ उनको पहिलो एल्बम हो ।

२४ पुष २०७५, मंगलवार ०४:०४