स्वस्तिमाको आफ्नो प्रश्न आफ्नै उत्तर

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नायिका स्वस्तिमा खड्काले एक भिडियोमा आफ्नो प्रश्नमा आफैले उत्तर दिएकी छिन् अर्थात एक अन्तर्वाताको भिडियोमा डबल भूमिकामा देखिएकी छिन् । चलचित्र प्रमोशनको फरक शैली अपनाउँदै आएको चलचित्र ‘बुलबुल’का लागी उनले यस्तै प्रमोशनल शैली अपनाएकी हुन् । भिडियोमा चलचित्रसँग सम्बन्धित कुराहरु गरिएको छ ।

आइतबार निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको हो । युट्युबमार्फत सार्वजनिक सामाग्रीमा स्वस्तिमाले आफ्नै चलचित्रमा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी हुन् । निर्देशक विनोद पौडेलले स्वस्तिमाले चलचित्रमा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए ।

चलचित्रले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ ।  चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी  छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् ।

भिडियोसँगै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेको छ । निर्माता अविरल थापाले माघ १ गते चलचित्रको ट्रेलर सार्वजनिक गर्ने जानकारी गराए ।

चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्र विनोद पौडेलले लेखेका हुन्। चलचित्र पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् ।