आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

१८ माघबाट रिलिज हुने चलचित्र ‘रणवीर’ को फस्ट लुक्सको रुपमा मँगलबार पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा तीन पोष्टरमा अभिनेता सुशील सिटौलालाई दुइ नवोदित अभिनेत्री शुभेक्षा खड्का र सुपुष्पा भट्टसँग प्रेम र मित्रतादेखाईएको छ । बाँकी एउटा पोष्टरमा यी तीन जनासँगै खलचरित्र प्रशान्त ताम्राकारलाई रौद्र रुपमा प्रस्तुत गरिएको छ ।

फिल्मको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माण पक्षले बताएका छन् । यसै फिल्मको लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका थिए । झन्डै ६ महिनाको मेहनतपछि सुशील रणवीर बन्न योग्य भएको निर्माण पक्षले बताएका छन् । मेहनत कति गरे भन्ने तथ्यलाई त आउने प्रचार सामग्रीले प्रस्ट्याउने छ ‘ सुशील भन्छन ‘फिल्मको पोस्टरले भावलाई प्रस्ट्याउछ ।’

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी शुभेक्षालाई यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन् । रणवीरबारे उनले भनिन्,‘फिल्ममा मलाइ साथी तथा प्रेमिकाको रुपमा देख्नु हुनेछ’ सुबेक्षाले भनिन् ‘फिल्मको कथावस्तुले हाम्रो पुस्तालाई प्रस्तुत गर्छ ।’ उनले प्रस्ताव आएको कयौ फिल्मलाई रिजेक्ट गरेर रणवीर मार्फत डेब्यु गर्दै्छिन् ।

यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । बदलाको भावनायुक्त प्रेमकथामा आधारित रहेको रणबीर तयार गरेको निर्देशक गोविन्दले बताए ।

यस अघि चलचित्र गाजा बाजा निर्माण गरेका दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले रणवीर बनाएका हुन् । निर्मात्री गोमा पनि फिल्मलाई विना सम्झौता तयार गरेको बताएकी छिन्,‘हामीले फिल्ममा कहिँ कतै सम्झौता गरेका छैनौ । एउटा राम्रो फिल्म दर्शकलाई दिने हाम्रो इच्छा हो ।’ गोमाले भनिन् ।

फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको र महङ्गो बजेटमा रणबीर तयार भएको अर्का निर्माता दिपेन्द्र रेग्मीले बताए,‘फिल्मको सार्वजनिक पोस्टरबाट पनि यसप्रति अनुमान लगाउन सक्नुहुन्छ । रणवीर मनोरंजनको फुल प्याकेज हो । यसमा फिल्ममा चाहिने सबै तत्व छन् ।’

फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । एकगीतमा बाबु श्रेष्ठको छायांकन रहेको यो फिल्मको ट्रेलर साहिल खानले तयार गरेका हुन् ।

२५ पुष २०७५, बुधबार ०४:२०