‘केदारनाथ’पछि सुशान्त सिंह राजपुतलाई १२ ओटा फिल्मको अफर

मुम्बई (एजेन्सी) ।

हाल बलिउड सिने क्षेत्रमा अभिनेता सुशान्त सिंह राजपुतलाई आएको चलचित्र अफरको बिषयलाई लिएर निकै चर्चा चुलिएको छ ।  उनी अभिनित चलचित्र ‘केदारनाथ’ले बक्सअफिसमा सर्वाधिक व्यापार गरेपछि राजपुतलाई निकै चलचित्र अफर आएको हो । यसअघि उनले काम गरेका चलचित्रमार्फत चलचित्र क्षेत्रमा आफ्नो करियरलाई छायाँमा पारेका सुशान्तले अब भने यस चलचित्रमार्फत आफ्नो करियरलाई माथि उकास्ने काम भएका मौका पाएका छन् ।  ‘केदारनाथले सफलता हात पारेपछि उनलाई हाल धेरै चलचित्रमा काम गर्ने अफरहरु आइरहेका छन् ।

हालै सुशान्तको चलचित्र ‘सोनचिडिया’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दा सुशान्त निकै दमदार भूमिकामा देखिएका छन् । ट्रेलर हेरिसकेपछि उनलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । चलचित्र  ‘सोचिडिया’ मा अभिनेत्री भूमि पेडनेकर, मनोज बाजपेय र आशुतोष राणाको मुख्य भूमिका रहेको छ । डाकुहरुको जीवनमा आधारित उक्त चलचित्र २०१९ को फेब्रुअरी ८ मा  रिलिज हुनेछ । चलचित्रलाई अभिषेक चौबेले निर्देशिन गरेका हुन् ।

यसगरी सुशान्तले चलचित्र ‘किजी और मैनी’ र ‘छीछोरे’ पनि साइन गरिसकेका छन् । यतिमात्र नभएर उनलाई १२ वटा चलचित्र अफर आइरहेको छ । समाचारका अनुसार हाल बलिउड सिने क्षेत्रमा चलचित्र निर्माताहरुले सुशान्तलाई आफ्नो चलचित्रमा लिन निकै पापड पेलिरहेको पाईएको छ ।

यस सम्बन्धमा सुशान्तले भनेका छन्  ‘मलाई यतिबेला १२ वटा फिल्म का लागि निर्माताहरुले कुराकानी गरिरहेका छन् । हाल म फिल्म ‘चन्दा मामा दूर के’ र एक बायोपिकको काम गरिरहेको छ ।  मलाई थाहा पनि छैन की अब म कुन फिल्मको छायांकन सबैभन्दा पहिले गर्नेछु ।’