राकेश रोशन क्यान्सरबाट ग्रसित, मोदीले गरे राकेशको स्वास्थ्य लाभको कामना

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता ऋतिक रोशनका पिता निर्देशक राकेश रोशनको घाटीमा क्यान्सर भएको छ । उनको क्यान्सरको सर्जरी समेत गरिएको जानकारी ऋतिकले ट्विटरको माध्यमबाट दिएका छन् । उनलाई क्यान्सर भएको कुरा यसअघि खुलाइएको थिएन् । राकेश रोशनको सर्जरी सफल भएपछि उनका छोरा ऋतिकले ट्विटर मार्फत क्यान्सर भएको र सर्जरी समेत गरिएको जानकारी दिएका छन् । हाल राकेश अस्पतालमै उपचाररत छन् । पछिल्लो समय बलिउडका कलाकार इरफान खान, नायिका सोनाली बेन्द्र क्यान्सर पीडितले ग्रसित उनीहरु अहिले पनि उपचारका क्रममा छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गर्दै निर्देशक राकेशको शिर्घ स्वास्थ्य लाभको कामना गरेका छन् । ऋतिकले मोदीको ट्विटमा जवाफ दिदै पिताको सर्जरी राम्रो भएको उल्लेख गरेका छन् । राकेशका भाई राजेश रोशनले अब छिटै नै आफनो दाईको अस्पतालबाट डिस्चार्ज गरिने बताउँदै राकेशको अहिले स्वास्थ्य स्थिती राम्रो रहेको बताएका छन् ।

राकेश रोशन अस्पताल भर्ना हुनु अघि चलचित्र ‘कृष ४’को तयारीमा थिए ।  सन् २०१९ को डिसेम्बरका लागि प्रदर्शन मिति समेत तोकिएको यस चलचित्रको निर्माणकार्य हाल स्थगित भएको छ ।  राकेशको स्वास्थ्य अवस्थाका कारण स्थगित गरिएको उक्त चलचित्रको निर्माणकार्य फेरी कहिले बाट शुरु गर्ने भन्ने कुरा टुंगो लागेको छैन् ।