‘अनागतमा तड्कभडक छैन’

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

झण्डै तीन वर्ष अघि निर्माण गरिएको चलचित्र ‘अनागत’ प्रदर्शनका लागि तयार भएको छ। माघ ११ गतेबाट प्रर्दशनमा आउन लागेको यस चलचित्रमा एक परिवारका दुई सदस्यबीच शंका उत्पन्न भएपछि आउने परिस्थितिलाई प्रस्तुत गर्न खोजिएको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा बीच चलचित्रका निर्देशक साम्तेन भुटियाले चलचित्र सस्पेन्स थ्रिल जनरामा बनेका बताएका छन् । नायक अर्पण थापा र नायिका प्रियंका कार्की श्रीमान श्रीमतीको भूमिकामा छन् । निर्देशक भुटिया, अर्पण र प्रियंकालाई फरक चरित्रमा उतारेको बताउँछन् ।

पत्रकार सम्मेलनमा भुटियाले भने 'पति पत्नीबीचको मानसिक द्वन्द्वको कथा रहेको ‘अनागत’ यथार्थसँग नजिक रहेको चलचित्र हो । यसमा मैले धेरथोर आर्ट कल्चरमा काम गर्ने कोशिश गरेको छु’, यो साइकोलजिकल थ्रिलर जनराको चलचित्र हो ।’

यसै गरी चलचित्रका नायक अर्पण थापा भन्छन् 'मैले हालसम्म धेरै चलचित्रमा काम गरिसके तर पनि ‘अनागत’ मेरोलागी अझै बिषेश रहेको छ ।  चलचित्रमा रहेको मेरो चरित्रबाट निस्किन मलाई समय लागेको थियो। यसमा म एउटा चित्रकारका रूपमा देखिएको छु’। उनले थपे , ‘चित्रकार आफैमा सन्तुलित छ। तर ऊ असन्तुलित भएपछि उब्जिने अवस्थालाई चित्रण गरेका छौं। चलचित्रले दर्शकलाई कौतुहलित र आनन्द दिन्छ भन्नेमा म बिश्वस्त छु।’

यसै गरी चलचित्रको बिषयमा बोल्दै नायिका प्रियंका कार्कीले चलचित्रमा आफू एक गृहिणीको चरित्रमा देखिने खुलाइन्। उनले भनिन्  ‘मैले फरक भूमिका देखेकै कारण यो चरित्र मनपराएको थिएँ। यो पछि यस किसिमको भूमिका गर्न पाएको छैन’, उनले भनिन्, ‘चलचित्रले नजिकबाट जीवनको यथार्थलाई देखाउने प्रयास गरेको छ।’ 'यो चलचित्र अन्य व्यावसायिक चलचित्र जस्तो तडकभडक छैन' उनले थपिन् ।

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण गरिएको चलचित्रमा अर्पण र प्रियंकाको अलवा प्रविण खतिवडा र रोशिन सुवेदीको पनि मुख्य भूमिका रहेको छ । चलचित्र निर्मातामा निर्देशक साम्तेन भुटिया, चन्द्र कुमार झा, समीर उपाध्याय र  स्व। निलु डोमा शेर्पाको हात रहेको छ । चन्द्र कुमार झाको कथा रहेको चलचित्रमा प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा रहेको छ । निर्देशक भुटियाले नै सम्पादन गरेको चलचित्रलाई सिसन बानियाँले खिचेका हुन् ।