आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

आज पुष २७ गते शुक्रबार दुई चलचित्र ‘चौका दाउ’ र भिलेन’ बिभिन्न हलमा एकसाथ प्रर्दशनमा आएका छन्।

सौर्य प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र ‘चौका दाउ’लाई पुर्नेन्दु झाले निर्देशन गरेका हुन् । सामाजिक विकृतीको प्रेमकथामा आधारित उक्त चलचित्रमा मनोज राजभण्डारी र सौर्यजित बासकोटाले निर्माण गरेको चलचित्रमा सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल लगायतको अभिनय रहेको छ। शम्भुजित बास्कोटा र मनोज राजभण्डारीको लगानी रहेको चलचित्रमा अभिमन्यु निरवीको पटकथा संवाद रहेको छ भने दीर्घ गुरुङको छायाँकन, मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन र वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत रहेको छ । चलचित्रको संगीत र कथा बास्कोटाकै रहेको छ ।

त्यस्तै आजकै मितिमा प्रर्दशनमा आएको अर्को चलचित्र हो ‘भिलेन’ ।

देबेन्द्र राज पाण्डेले निर्देशन गरेको चलचित्र ‘भिलेन’मा निखिल उप्रेतीको मुख्य भूमिका रहेको छ । तराई प्रदेशको परिवेशलाई चित्रण गरिएकोे उक्त चलचित्रमा निखिलको अलवा शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीको मुख्य भूमिका रहेको छ ।कपिल खत्री र बल बहादुर श्रेष्ठले निर्माण गरेको चलचित्रमा बसन्त सापकोटा, लाल कुमार बराल र बाबुल गिरीको संगीत रहेको छ भने शुक्र राज शाहको द्वन्द, दिपक श्रेष्ठ र दिपेन्द्र तिमल्सिनाको कोरियोग्राफी रहेको छ । सौरभ लामा र मदन कायस्प घिमिरेको छायांकन रहेको चलचित्रमा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

२७ पुष २०७५, शुक्रबार ०७:२१