आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ‘बनमा काफल’ बोलको गीतमा छोरीले परदेशमा गएका बाबालाई फर्काउनका लागी गरिएका दुखका कुरा समेटिएको छ । बसन्त सापकोटोको संगीत रहेको यो गीतमा दिनेश थपलियाले शब्द लेखेका छन् । गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् भने मिक्स प्रकाश मिश्रले गरेका छन् ।

गीतको भिडियोमा पनि गायिका समिक्षाले नै अभिनय गरेकी छिन् । छोरीको भूमिकामा रहेकी समिक्षाका बुबा भने संगीतकार बसन्त नै बनेका छन् । सुदिप बरालले खिचेको भिडियो सरोज वलीले निर्देशन गरेका हुन् । समिक्षाले यो भन्दा अघि चलचित्र नाई न भन्नुल ५ का लागी ‘तिम्रा बालापनको उमेर’ बोलको गीत गाइसकेकी थिइन् । अहिले आएर बिभिन्न युट्युव तथा समाजिक सञ्जालमा उनको स्वरलाई लिएर चर्चा चल्न थालेको छ ।

कार्यक्रममा बोल्दै गायिका समिक्षाले दोश्रो गीत पनि पहिलो गीतलाई जस्तै दर्शकले माया गरिदिने अपेक्षा राखिन् । संगीतकार बसन्तले समिक्षाको स्वरको जादु देखेर सुरुवातका दिन देखीनै अगाडी बढाउन सपोर्ट गर्दै आएको बताए । ‘समिक्षामा केहि छ भनेरै मैले नाई न भन्नु ल ५ चलचित्र देखीनै उसलाई लिएको हुँ, अहिलेको गीत पनि निकै राम्रो बनेको छ’ उनले भने ।

video:

२७ पुष २०७५, शुक्रबार ०७:२९