आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

संगीतकार बसन्त सापकोटालाई अहिले मिडियाहरुले गर्ने रिपिट प्रश्न हो ‘समिक्षा अधिकारीले तपाईको बाहेक अरुको गीत गर्न पाउँछिन् कि नाई ?’ यो प्रश्नको उत्तर बसन्तले हरेक मिडियोका अन्तर्वातामा दिइरहनु परेको छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युवहरुबाट नवप्रतिभा बाहिररहेको क्रममा अन्य केहि संगीतकारहरुले ‘सिन्डिकेट’ लगाइरहेको बेला संगीतकार बसन्तलाई पनि यो प्रश्न तेर्सिने गरेको हो । तर बसन्तले समिक्षा माथि सिन्डिकेट नलगाउने बताउँदै आएका छन् ।

‘मैले पहिला देखी नै भन्दै आएको छु । समिक्षा राम्रो स्वर भएकी गायिका हुन्, उनलाई यदि कुनै राम्रो गीतको अफर आउँछ भने मज्जाले गाउँन पाउँछिन्, मसँग मात्र गर्नुपर्छ भन्ने छैन’ बसन्तले आर्टिष्ट खबरसँग कुरागर्दै भने । यस्तै उनले समिक्षालाई सांगितीक क्षेत्रमा आफूले ल्याएको भन्दैमा आफूसँग मात्र गाउनुपर्छ भन्ने मनशाय आफ्नो नरहेको बताए ।

‘मैले पहिलो गीत बालापनको उमेर गाउने बेलामा नै समिक्षामा राम्रो स्वर छ त्यसैले यो प्रतिभा यसै मर्नु हुँदैन भन्ने लागेको फेरी मैले नै दोश्रो गीत गर्न लगाएको छु, यसको मत्लब एकपछि अर्को गीत मेरै गाउनुपर्छ भन्ने होइन, राम्रो गीत छ भने जो कोहिको पनि गाउँन पाउँछिन् ।’ बसन्तले भने ।

बसन्तकै संगीतमा नाई नभन्नु ल ५ चलचित्रमा रहेको बालापनको उमेर बोलको गीत गाएकी समिक्षाको आज (शुक्रबार) ‘बनमा काफल’ बोलको गीत सार्वजनिक भएको छ । जसमा दिनेश थपलियोको शब्द रहेको छ भने भिडियोमा बसन्त र समिक्षाले नै अभिनय गरेका छन् ।