टिक टकबाट नायिका भएकी प्रिंयका

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नव अभिनेत्री प्रिंयका सिंह ले चलचित्र ‘गरुड पुराण’बाट नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् ।  उनलाई निर्देशक सुवास कोईरालाले गरुड पुराणमा डेब्यु गराएका हुन्  । निर्देशक सुवास कोईरालाले प्रिंयकालाई म्युजिक भिडियो 'अन्जानैमा' मा उनको अभिनय हेरेर उनलाई 'गरुड पुराणमा' डेब्यु गराएका हुन् ।

उनी त्यतीबेला टिक टक (म्युजिकल्ली)मा निकै हिट थिईन् । त्यतीबेला सैयौं टिक टक भिडियोमा उनको अभिनय निर्देशक कोईरालालाई मन परेको थियो । टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो ।

प्रियँकाका भनाईमा टिक टकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा नहँदो रहेछ,‘टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ ।’ उनले अनुभव सुनाईन् ।

चलचित्र गरुड पुराणमा उनीलाई सबै जसोले मन पराउँछन् । मुख्यतय फिल्मका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पाउँछन् । पहिलो फिल्ममै आफुले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताईन् ।

प्रियँका स्वभावले कम बोल्न र आफैंमा रमाउने व्यक्ति हुन् । तर फिल्ममा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् । आफ्नो स्वभाव भन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्,‘गरुड पुराणमा ज्योतीको भूमिका निर्वाह गरेपछि मैले आफुपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरें । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्र्दैछु ।’

पहिलो चलचित्रबाट निकै आशाबादी प्रियँकालाई सबै नाटकका होनहार कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छ होला जस्तो लागेको थियो तर उनीहरुसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो फिल्ममा अभिनय गर्न सहज भयो । आफुलाई कर्मा, नाजिर, प्रविणसबैले अभिनय कार्यशालाको क्रममा धेरैकुरा सिकाएकाले पनि गरुड पुराणमा उहाँहरुसँग काम गर्न सजिलो भएको उनले बताईन् ।

म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियँका अहिले पूण रुपमा सिनेमामै आबद्ध छिन् । उनलाई यो बीचमा केही फिल्मबाट प्रस्ताव आएको पनि थियो । तर पहिला गरुड पुराणको रिजल्ट हेर्ने र त्यसपछि अरु फिल्ममा काम गर्ने निर्णय लिएर आफु यही फिल्ममा व्यस्त रहेको यी नवोदित अभिनेत्रीले बताईन् । गरुड पुरणपछि उनी चलचित्र बृत्तमै अघि बढ्ने योजना सुनाउँछिन् ।