आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘सयकडा दश’को ‘पिरतीको गाउँ’ बोलको को रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । रवि मल्लको शब्द लेखनमा कल्याण सिंहले संगीत भरेका छन् । उक्त गीत युट्युवस्टार गायक स्वप्न सुमन र गायिका त्रिशला गुरुङले गाएका छन् । त्यसतै गीतको भिडियोलाई दीलिपओखेडाले कोरियोग्राफी गरेका हुन् । भिडियोमा फिल्मका चार लिड कलाकार सोनिया राई, अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपाने फिचर्ड छन्। गीतको भिडियो विपी राजमार्ग आसपासमा छायाकंन गरिएको छ । यसअघि सार्वजनिक गरिएको यस चलचित्रको को ‘दाईलाई कुरा लाइदिनी ’ गीत हाल उच्चचर्चामा रहेको छ ।

रामशरण पाठक निर्देशित यस चलचित्रबाट हायकलाकार मनोज गजुरेलले चलचित्र क्षेत्रमा डेब्यु गरेका छन् । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा छन् ।रामशरण पाठककै लेखन रहेको चलचित्रमा राजाराम पौडेल,मनोज गजुरेल,अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने लगायतको अभिनय छ ।

चलचित्रमा एक बाबुको भ्रष्टाचारको कर्तुतले छोराछोरीको जीवनमा पर्ने असरलाई चलचित्र मार्फत उतार्न खोजेको निर्माण पक्षले बताएका छन् । यसै बीच निर्माता राजाराम पौडेलले चलचित्रको कथाबस्तु हाल नेपाली परिवेशमा भईरहेको गतिविधीलाई सुहाउँदो भएको बताएका छन् । यसै प्रसङ्गमा निर्देशक पाठकले यूवाहरुले चाहीँ यो चलचित्र हेर्नैपर्ने बताएका छन् ।

दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण गरिएको चलचित्र आगामी माघ १८ मा प्रर्दशनमा आउने भएको छ । चलचित्र निर्माणमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेको हात रहेको छ । चलचित्रमा दीलिप ओखेडाको कोरियोग्राफी रहेको छ भने बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

(song)