निरुताको डिमाण्ले निर्देशक तर्सिए

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

आठबर्ष पछि चलचित्र ‘नाई नभन्नु ल ५’मार्फत फेरी चलचित्र क्षेत्रमा फर्किएकी अभिनेत्री निरुता सिंहले ‘नाई नभन्नु ल ५’पछि अर्को चलचित्रमा ‘हजार जुनी सम्म’मा अभिनय गर्ने भएकी थिईन् । तर केही कारण बस उनी यस चलचित्रबाट बाहिरिसकेकी छिन् । उनलाई चलचित्र ‘नाई नभन्नु ल ५’मा दर्शकले देखिसकेका छन् भने उनको प्रदर्शन हुन बाँकी रहेको चलचित्र ‘दाल भात तरकारी’मा पनि उनी काम गरिरहेकी छिन्।

‘दाल भात तरकारी’मा निरुता हरिवंश आचार्यको जोडीको रुपमा देखिदैछिन् । उनी भन्छिन् ‘मलाई मदनकृष्ण र हरिवंश दाईसँग कामगर्नै पहिलेदेखी नै इच्छा थियो र पुरा पनि भयो ।' उनले चलचित्रमा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी छिन् ।

उनले चलचित्रमा ‘नाई नभन्नु ल ५’मा छोटो भूमिका निर्वाह गरेकी थिइन् । जसमा उनले उनले १ लाख पारिश्रमिक लिएकी थिइन् । हाल अभिनेत्री सिंहलाई निकै चलचित्रको अफर आईरहेको छ । त्यसैले उनले आफ्नो पारिश्रमिक ह्वात्तै बढाएकी छिन् ।

उनले चलचित्र ‘हजार जुनी सम्म’मा ५ लाख मागेपछि यसका निर्देशक विकासराज आचार्यले यती रकम दिन नसक्ने बताएका थिए । चलचित्रमा जम्मा निरुताको एक साताको मात्र काम थियो जसमा उनले करिब ५–६ सिनमा मात्र अभिनय गर्नुपर्ने थियो । यतिका लागि आचार्यले  निरुताको माग पुरा गर्न नसक्ने बताएका थिए । त्यसैले हाल चलचित्रमा निरुताको ठाउँमा संचिताले अभिनय गर्ने पक्का भैसकेको छ ।

हाल निरुताको चर्को पारिश्रमिक डिमाण्डले उनलाई चलचित्र क्षेत्रमा अट्न अप्ठ्यारो पर्ने देखिएको छ । निरुताले ‘सम्हालिन्छ कहिले मन’मा पनि यति नै रकम माग गरेकी थिइन् । तर उक्त चलचित्रमा पनि निरुताको ठाउँमा चलचित्रका निर्देशक सुदर्शन थापाले कलाकार गौरी मल्ललाई फाइनल गरेका छन् ।