कात्तिक १९, काठमाडौं । भक्तपुरको सल्लाघारी जहाँ दिनहु स्थानीय पर्यटकहरु घुम्न जाने गर्दछन् । शान्त हरीयाली र घुम्न लाएक भएकोले पनि दिनहुँ कुनै न कुनै गितको सुटिङ भईरहेको देख्न सकिन्छ । यसैक्रममा हामी बुधबार सो ठाउँमा पुग्दा एक आधुनिक गितको सुटिङ भईरहेको पायौं । कोहि क्यामेरा मिलाउँदै, कोहि लाइन्ट्स मिलाउँदै थिए त कोहि कलाकारलाई सिकाउँदै एक्सन कट भन्दै थिए ।
गायिका निशा देसारको एकल आवाजमा रहेको ‘आफ्नै मुटु टुक्रा पारी‘ बोलको आधुनिक गितको सुटिङ भईरहेको थियो । जसमा इन्द्र बुढाथोकीले शब्द भरेका छन् भने संगितकार सनम पुरुषको संगित रहेको छ । त्यस्तै भिडियोलाई दिनेश डाँगीले निर्देशन गरेका छन् । भिडियोमा मोडल पुष्प राज पुरुषका साथमा नव कलाकार पेसना गुरुङ र रोजी कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोलाई दिपक परियारले खिचेका हुन् ।
तिन दर्जन गितमा संगित भरीसकेका संगितकार सनम पुरुषलाई हामीले अन्य गित र यसगितमा के फरक छ त भनेर सोधेका थियौं, उनले यसरी उत्तर दिए, “मैले यो गितलाई सुगम संगितमा धेरै नै न्याय गरेको छु जस्तो लाग्छ, अब अन्य गित र यो गितमा संगित भर्दा त्यस्तो फरक त छैन । तर गितमा समावेश शब्द, संगित र अझ भिडियो मेकिङले गर्दा राम्रो बनेको छ ।” संगितकार सनमले नेपाली गित संगितमा यसगितले बजार पाउनेमा बिश्वस्त छन् । उनले संगित भरेका मध्ये पछिल्लो समय कहाँ गयौ तिमी, मुटु भित्र तिम्लाई राखे जस्ता गित चर्चामा छन् ।
सुटिङस्थलमा एक्सन कटमा ब्यस्त देखिएका निर्देशक दिनेश डाँगी सँग पनि हामीले केहि कुरा गयौं, भिडियोमा नवकलाकारलाई पनि समावेश गरेको देखियो, निर्देशन गर्न कत्तिको गाह्रो हुन्छ ? , उनले यसो भन्छन्, “अब नवकलाकार पनि कोहि सजिलै थोरै भन्दैमा टिप्ने हुन्छन् कसैलाई धेरै गाह्रो पर्छ । मैले धेरै जसो नवकलाकारलाई नै अभिनय गराएको छु । आजको यस गितमा पनि दुई जना बहिनी नवकलाकार हुन् । उनीहरुको अभिनय कलामा रुचि भएकोले पनि त्यति धेरै गाह्रो भएको छैन । सहज नै छ ।” साथै निर्देशक डाँगीले एकल आवाजमा रहेको गितमा निर्देशन गर्दा केहि सहज हुने पनी बताए । डाँगीले गितमा आफ्नो श्रीमान अर्कै सँग हिड्न लागेको र अर्कै सँग नजिकिएको थाहा पाएपछि श्रीमतीको मनका कुराहरु वेदनाहरु पाखिएको कथा रहेको बताए ।
त्यस्तै तिनवटा चलचित्रमा अभिनय गरीसकेका र दुई दर्जन म्युजीक भिडियोमा मोडलिङ गरीसकेका मोडल पुष्प राज पुरुष पनि गितको भावलाई बुझेर क्यामेरा अगाडि भावमा डुब्दै थिए । फुर्सदको समय मिलाएर उनीसँग पनि केहि कुरा गर्ने जमर्को गर्यौं, यस भन्दा अघि पनि धेरै गितमा अभिनय गर्नु भएको छ, एकल आवाजको गितमा अभिनय गर्दा के फरक पाउनु भो ?, “अब अभिनय भन्ने कुरा त जहाँ जुन भिडियोमा पनी उस्तै हो, मात्र कुन शब्दमा कुन भावमा डुब्ने भन्ने कुरा हुन्छ । तर आजको गित गायिका निशा देसारको एकल आवाज रहेकोले मलाई त्यती धेरै अभिनय अर्थात लिप्सिंग दिनुपरेको छैन । अन्य भन्दा केहि सहजै भनौं ।”
भिडियोमा अभिनय गरेका नवकलाकार पेसना गुरुङ र रोजी कार्कीले पनि गित राम्रो र अझ निर्देशनमा सहजता पुर्व सिकाउनु भएकोले अझ सजिलो भएको बताए । म्युजीक भिडियो एक साता भित्र सम्पुर्ण काम सकेर सार्वजनिक गरीने निर्माण युनिटले जनायो ।
थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रस्तुती/तस्बिरः गोपिकृृष्ण